इजिप्टबाट केरम शालोम हुँदै सहायता ट्रकहरू गाजामा प्रवेश
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार १६:१८:५०
१३ जेठ, कायरो । इजिप्टबाट सहायताका ट्रकहरू इजरायल नियन्त्रित केरेम शालोम सीमाक्षेत्र हुँदै आइतबार गाजा क्षेत्रमा प्रवेश गर्न थालेको इजिप्टको राष्ट्रिय समाचारमाध्यम अल–काहेरा न्यूजले जनाएको छ ।
इजरायलले प्यालेस्टिनी क्षेत्र कब्जा गरेपछि मे सुरुदेखि बन्द गरेको इजिप्टपट्टीको राफाह सीमाबाट सहयोग सामग्री लिएर कूल २०० ट्रकहरू राफाहबाट लगभग चार किलोमिटर दक्षिणमा रहेको केरेम शालोम सीमातर्फ लागेका छन् ।
इजिप्टले इजरायली सेनाले प्यालेस्टिनी पक्षलाई नियन्त्रणमा लिएसम्म राफाहमार्फत सहयोग समन्वय गर्न अस्वीकार गरेको छ । तर शुक्रबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँगको वार्तामा दक्षिणी गाजामा अर्को प्रवेश बिन्दु केरेम शालोममार्फत सहयोगको अनुमति दिन सहमत भएको ह्वाइट हाउसले जनाएको हो ।
अल–काहेरा न्यूजले घेराबन्दी गरिएको गाजामा निरीक्षणपश्चात कति ट्रकहरू सीमा पार गरे भनेर निर्दिष्ट नगरेको भएतापनि ‘चार इन्धन ट्रक’ सीमा पार गरिसकेर अस्पतालतर्फ गइरहेका जानकारी गराएको छ । इजिप्टबाट आउने सबै सहायता इजरायली अधिकारीहरूद्वारा निरीक्षण गरिन्छ र संयुक्त राष्ट्रसङ्घमार्फत वितरण गरिनेछ ।
“बाँकी २०० सहायताका ट्रकहरू आज गाजामा प्रवेश गर्ने अपेक्षा गरिएको छ,” अल–अरिसमा इजिप्टियन रेड क्रिसेन्टका प्रमुख खालिद जायदले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
असार ३, २०८१ सोमबार
भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
हुण्डीे कारोबार र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार
जलविद्युत आयोजनाको बाँध निर्माणस्थल
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार