विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १२:३०:३१
५ वैशाख, काठमाडौं । देशका विभिन्न स्थानबाट आठजना लागुऔषधसहित पक्राउ परेका छन् । सर्लाहीको बरहथवा नगरपालिका-७ वनटोल बस्ने ६८ वर्षीय परीक्षण पण्डितलाई अवैध लागुऔषध गाँजा ४ सय ८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले घरभित्र लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
सर्लाहीकै लालबन्दी नगरपालिका-१२ जियाजोर जाने बाटो नजिकबाट अवैध लागूऔषध गाँजा करिब ९ केजीसहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय वीर बहादुर गोलेलाई पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले बा.५० प २९९८ नम्बरको मोटरसाइकल चालक गोलेलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
मोरङको उर्लाबारी नगरपालिका-३ केर्खाली चोक बस्ने १९ वर्षीय विश्वास धिमालसमेत तीनजनालाई अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २१ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले धिमालको घरबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित सोही नगरपालिका(७ बस्ने २८ वर्षीय पदम साउँद समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले प्रदेश २-०३-००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
पर्साको वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट नियन्त्रित लागुऔषध नाईट्राभेट ९० ट्याब्लेट, एकसय एमएलको वानरेक्स ५ बोतल र लागूऔषध चरेस जस्तो देखिने खैरो पदार्थ ८० ग्रामसहित मकवानपुर हेटौंडा उपमहनागरपालिका-११ बस्ने ३१ वर्षीय बिकी बिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना।७ प ६८१४ नम्बरको मोटरसाइकल चालक बिकलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
बाराको सिम्रौनगढ नगरपालिका-१ ढाटटोलाबाट अवैध लागूऔषध गाँजा ३० केजी प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरूले उक्त लागुऔषध फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीआइबीद्वारा बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
बैशाख २७, २०८१ बिहिबार
बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा
बैशाख २७, २०८१ बिहिबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार