नेष्डो समृद्धलाई १७.९३ प्रतिशत मात्र वितरण गर्न राष्ट्र बैंकको अनुमति
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १६:४:२६
५ वैशाख, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश संसोधन भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब नेष्डोले बोनस शेयर र नगद गरी कुल १७.९३ प्रतिशतमा लाभांश वितरण गर्नुपर्ने भएको छ ।
नेष्डोले यसअघि ५० प्रतिशत बोनस शेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
तर, राष्ट्र बैंकले वैशाख ४ गते पत्र पठाउँदै बोनस शेयर र नगद गरी कुल १७.९३ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृति दिएको हो । यद्यपि, राष्ट्र बैंकको उक्त निर्णयलाई तत्काल कार्यान्वयन नगर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरेअनुसार नेपाल राष्ट्र बैंकको उक्त निर्णय मिति २०७९ फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासँग स्पष्ट बाझिएको, इजाजत प्राप्त एउटै प्रकृतिका संस्थाबीच, एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समानता नभएको र केन्द्रिय बैंकबाट स्वीकृत लाभांशको जानकारीले सेयरधनीहरुले पाउने प्रतिफलको अधिकार समेत हनन् हुन पुगेको जनाएको छ र संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्बन्धमा बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल भएको र लाभांश प्रस्ताव तथा शंसोधन संस्थावाट नै निर्णय भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत दिनुपर्ने कानुनी मनसायलाई समेत नजरअन्दाज गरिएको छ ।
तसर्थ, राष्ट्र बैंकको उक्त निर्णय एवं जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडि बढाउन नसकिने नेष्डोले जानाएको छ । संस्थाको लाभांश प्रस्ताव, राष्ट्र बैंकको विद्यमान निर्णय तथा स्वीकृति, प्रचलित ऐन, कानुन, निर्देशन र केन्द्रीय बैंकका विगतका व्याख्या र संस्थागत अभ्यास समेतको तथ्यपूर्ण कानुनी व्याख्या गरी निर्णयमा पुग्नुपर्ने निर्णय सोमबार बसेको सञ्चालक समितिको निर्णयले जानाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
डडेल्धुरामा टिपर दुर्घटना हुँदा २ युवकको मृत्यु, २ घाइते
बैशाख २३, २०८१ आइतबार
सयको नोटमा चुच्चे नक्सा राख्नेबारे भारतको टिप्पणी- 'धरातलीय यथार्थ परिवर्तन हुँदैन'
बैशाख २३, २०८१ आइतबार
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित
बैशाख २३, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख २३, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि पेसी
बैशाख २३, २०८१ आइतबार
गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी
बैशाख २३, २०८१ आइतबार