साताको चौथो दिन आज नेप्से १५.१३ अंकले बढ्यो
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १५:४४:४२
६ वैशाख, काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा उकालो लागेको छ । सोमबार नेप्से सुचकमा १५.१३ अकंले उकालो लागि १९२०.१२ विन्दुमा आएर रोकिएको छ।
यता ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा २.८५ अङ्कले बढेर ३६५.९० विन्दुमा पुगेको छ। बुधबार नेप्से सुचकको १६७ कम्पनीमा वृद्धि भएको छ । ४१ कम्पनीमा ओरालो लागेको छ भने १२ कम्पनी स्थिर रहेको छ ।
यसअघि मंगलबार नेप्से सूचक ३ अंकले घटेर १९०४ विन्दुमा अडिएको थियो । बुधबार नेपाल स्टक एक्सचेञ्ज 'नेप्से'मा कूल २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता शेयर खरिद बिक्री हुँदा ८७ करोड २१ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा छ। यसको ८ करोड ८३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै नविल बैंक र एनआइसि एसियाको ३ करोडभन्दा बढीको कारोबार भएको छ। १३ उपसूचकहरु मध्ये म्युचुअल फण्ड बाहेक सबै उपसुचकहरूमा उकालो लागेको छ ।
बुधबारको कारोबारमा कालिनचोक दर्शन, मोलुङ हाइड्रो पावर र गुरास लघुवित्त वित्तीय संस्थाको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यसैगरि ९।५ प्रतिशत एनसिसि ऋणपत्र र सामलिंग पावर कम्पनीको ८ प्रतिशतले वृद्धि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से १० अंकले बढ्यो
बैशाख १७, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार