विदेशबाट फर्केर कृषिमा लगानी गर्नेहरु बढ्दै, क्षेत्रीको माछा पोखरीमा सबैको आँखा
इन्द्र रिजाल
चैत २४, २०७५ आइतबार १५:५३:४६
पाल्पा । युएईमा नेपालीको हितमा काम गर्ने पाल्पाली समाज युएईका महासचिव धनबहादुर क्षेत्रीले विदेशबाट फर्केर कृषिफार्म सञ्चालनमा ल्याएका छन् । युएईमा १३ वर्षसम्म काम गरेका क्षेत्रीले कृषिफार्म तथा भान्साघर सञ्चालनमा ल्याएका हुन् । सन् २००३ देखि २०१८ सम्ममा युएईमा कुकम्यान (खाना पकाउने मान्छे) का रूपमा काम गरेका थिए ।
पाल्पा बगनासकाली गाउँपालिका–७ कहलाबारीका क्षेत्रीले अधिकांश समय पैसाका लागि विदेशमै खर्चिए । विदेशमा महासचिवको हैसियतमा काम, दाम र नाममा कमी थिएन तर, महासचिवका हैसियतले विदेशमा रहनुभन्दा स्वदेशमा नै केही काम गर्नुपर्छ भनेर विदेशको ६०/७० हजारको मासिक आम्दानी छाडेर उनी स्वदेश फर्कए ।
विदेशबाट फर्केर उनले गाईघाटमा नमस्ते कृषिफार्म तथा भान्साघर सञ्चालन गरे । उनको भान्साघरमा जैविक खाना तथा खाजा खान पाउने सुविधाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । करीब दुई महीना अघिदेखि भान्साघर सञ्चालनमा आएको हो । कृषिफार्मको काम अघिदेखि सञ्चालन आए पनि भान्सा ढिलो गरी सञ्चालनमा ल्याइएको हो ।
गाईघाट नेपालको ताजमहलका रूपमा परिचित प्रेमको प्रतीक रानीमहल जाने सडकमा पर्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई स्वच्छ, ताजा खाजा खुवाउन पाउँदा क्षेत्री पनि खुशी देखिन्छन् । स्वदेशमा केही गर्दा युवालाई रोजगारी सिर्जना हुने र केही पैसासमेत आम्दानी हुने भएपछि विदेश छाडेर स्वदेशमा श्रीमतीका साथ नयाँ व्यवसाय अँगालेको उनको भनाइ छ ।
कृषिफार्म उस्तै मेहनत
करीब रु १० लाखमा कृषिफार्म तथा भान्साघर सञ्चालित छ । कृषिफार्ममा करीब २० रोपनी जग्गामा स्थानीय प्रजातिका मौसमी तथा बेमौसमी तरकारी बाली उत्पादन भइरहेका छन् । गोलभेँडा, काउली, खुर्सानी, आलु, प्याज, लसुनलगायतका स्थानीय जातका तरकारी खेतमा उत्पादन भइरहेको छ । जैविक तरकारी उत्पादनका लागि श्रीमान् र श्रीमती नै खटिन्छन् । तरकारी उत्पादनले बाह्रै महीना हरियाली हुँदा निकै सुन्दर यस क्षेत्रमा पर्यटक टहलिन्छन् ।
भान्सामा स्थानीय स्वाद
स्थानीय जातका परिकार नमस्ते कृषिफार्म तथा भान्साघरमा पाक्छ । ग्रामीण क्षेत्रमा बसोबास गरी शहरमा बसोबास गर्न बाध्य भएकाले गाउँघरको झल्को मेटाउँछन् । भान्साघरमा कोदो, फापर, मकै, रोटीको परिकार पाइन्छ । ढिँडो, गुन्द्रुक, मसौरा, ‘लोकल’ कुखुरा, खसीबोका, माछाको स्वाद लिन पर्यटकसँगै स्थानीय बासिन्दा पनि त्यहाँ पुग्छन् । दूध, दही, घिउको स्वादले पर्यटक सधैँ यतातिर तानिन्छन् । गुन्द्री र काम्लोमा बसेर पर्यटकलाई खाना खुवाउने व्यवस्था छ । पर्यटकले स्थानीय जातका कुखुरा, खसीबोका खोरबाट रोज्न पाउँछन् ।
माछामा सबैको नजर
माछा खान चाहना भएकालाई पोखरीको माछा निकालेर खुवाउने व्यवस्था छ । जसका कारण ताजा माछा खान पाउने भएपछि मानिस त्यहाँ पुग्छन् । यसरी दैनिक मानिस कृषिफार्मको अवलोकनसँगै जैविक खाजा खान त्यहाँ पुग्छन् । अहिले त्यस क्षेत्रका मानिस माछापालनको अवलोकन गर्नसमेत पुगेको भेटिन्छ ।
क्षेत्रीले एउटा घरमा मिनी सङ्हग्राहलय पनि सञ्चालनमा ल्याएका छन् । सङ्ग्रहालयमा प्राचीनकालीन सिक्का देख्न पाइन्छ । विदेशी पर्यटकका लागि हलो, जुवा, ढिकी जाँतो, हतासोलगायतका परम्परागत प्रविधिप्रति आकर्षक छन् ।
करीब दुई वर्षअघि सञ्चारकर्मी वसन्त कुँवरले गाईघाटमा रिसोर्ट सञ्चालनमा ल्याएसँगै त्यस क्षेत्रमा खाजा घरहरु बढेका छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो खाजा खाने र केहीबेर टहलिन सहज भएको छ । स्थानीय बासिन्दा साँझ बिहान त्यहाँ आउँदा रमणीय क्षेत्रका रुपमा बदलिएको छ । (कृष्ण दर्नालको सहयोगमा)
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
विपन्नको जीवनस्तर उकास्न बाख्रा वितरण
जेठ ३, २०८१ बिहिबार
तराईको गर्मीमा पनि लटरम्म स्याउ
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार