नेपाल लाइफले मनायो २३ औँ वार्षिकोत्सव, आगामी दिनमा समय सुहाँउदो योजना ल्याइने
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १६:३८:३०
२२ वैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । २०५८ साल बैशाख २१ गते स्थापित यस कम्पनीले बिहिबार विभिन्न कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव मनाएको हो ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहकहरूले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्ने संचालक पदाधिकारीहरू, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरू, माया, स्नेह प्रदान गर्ने शेयरधनीहरु, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरूका साथसाथै यस २२ वर्षको अवधिमा सहयोग गरी नेपालकै विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालाहरुमा धन्यवाद ज्ञापन गरे । पराजुलीले साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने समेत पराजुलीले बिस्वास व्यक्त गरे।
२२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले सातवटै प्रदेशबाट रक्तदान कार्यक्रम संचालन गरेको छ। उत्त कार्यक्रम मार्फत कोशी प्रदेशको विर्तामोडमा ५६, मधेश प्रदेशको बिरगंजमा १६, बागमती प्रदेशको नारायणघाटमा ३९ र काठमाडौँमा ४१, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिमको महेन्द्रनगरमा ४५ गरी कुल ३१० पिन्ट रगत संकलन गरिएको छ ।
“किनकि जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० चैत मसान्त सम्ममा लगानी रु १६२.२८ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिव १५८ अर्व रुपैयाँ संचित रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार