गुजुल्टिएका तार राखेर सुन्दर शहर प्राप्त हुँदैन : मेयर बालेन
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १७:४६:२७
२२ वैशाख, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले सडकका पोलहरुमा गुजुल्टिएका तार यथावत राखेर व्यवस्थित र सुन्दर शहर प्राप्त गर्न नसक्ने बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा तारले गुजुल्टिएका बिजुलीका खम्बाको तस्बिरहरूपाेष्ट गर्दै यस्तो स्टाटस लेखेका हुन् ।
उनले शहरका पोलहरुमा अहिले पनि तारको अवस्थाबारे भनिरहन नपर्ने र यसलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ बनाइरहेको बताएका छन् । पोलहरुमा अहिले पनि टेलिफोन, इन्टरनेट, टिभीको तार अधिक मात्रामा बेरिएका र छरपष्ट देख्न सकिन्छ । उनले गत वर्ष मात्र तारबाट ५३ ठाउँमा आगलागी भई ठूलो क्षति पुगेको तथ्यांक रहेको र यसले शहरलाई भौतिक रुपमै कुरुप बनाएको जनाएका छन् । शहरलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले एकीकृत विकासको अवधारणा ल्याएको र यसलाई कार्यान्वयनका लागि सम्बन्धित कानुन बनाउन आग्रह गर्दै आउँदा सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् ।
तार व्यवस्थापन गर्न १५ दिन पहिले सूचना जारी गरेको तर म्याद सकिँदा पनि बेवास्ता गर्दै उल्टै इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारण देखाई व्यवस्थापन कार्य रोक्न अदालतको आदेश आएको बताएका छन् । बर्गेल्ती तारलाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न र आगलागीको जोखिम कम गर्न नसक्ने जनाउँदै मेयर साहले महानगरकाे अधिकार प्रयाेग गरेर तार व्यवस्थापन गरेरै छाड्ने संकेत दिएका छन् ।
‘समस्यालाई यथावत राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ । आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडाैं महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ । शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौं । यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ तर तपाइँहरुले साथ दिनुहुनेछ भन्ने अपेक्षा राख्दछौ’ उनले लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
बैशाख ३१, २०८१ सोमबार
राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
बैशाख २९, २०८१ शनिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार