जिल्ला सुरक्षा समिति बैठक: मुगु हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एकको मृत्यु, दुईजना नभेटिएको पुष्टि
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार ११:५०:१३
खड्क सुनार
२४ वैशाख, मुगु । मुगु हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको र अझै दुईजना नभेटिएको पुष्टि भएको छ । यसअघि तीनजनाको मृत्यु भएको भनिएको सूचना गलत रहेको पुष्टि गर्दै आइतबार बिहान बसेको जिल्ला सुरक्षा समिति बैठकमा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एकजनाको मृत्यु भएको र दुईजना अझै फेला नपरेको जानकारी गराएका निमित्त प्रहरी नायव उपरिक्षक सुदर्शन पन्थीले जानकारी गराए ।
सम्पर्कविहीन भएकाहरुको खोजीकार्य भइरहेको उनले जानकारी दिए । गत शुक्रबार हिमपहिरोमा परेर तीनजना बेपत्ता भएका थिए । यार्सागुम्वा टिप्न जुम्लाको पातारासि गाउँपालिका–२ तल्फी गाउँका १५ स्थानीयहरु ११ वैशाखबाट मुगुको पाटनका लागि हिँडेका थिए ।
जुम्लाबाट मुगु हुँदै यार्सा पाटन पुग्न लाग्दा २२ वैशाखको दिउँसो १ बजे च्र्यागो लेखको बाटोमा हिँड्दै गर्दा माथिबाट हिमपहिरो खस्दा तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्ता भएका थिए । पुन्न सार्कीको शव भेटिए बाँकी दुईजनालाई भेट्याउन नसकेको सँगै यार्सा टिप्न हिँडेका कन्न सार्कीले फोन मार्फत जानकारी दिए ।
बेपत्ता भएका दुईजना मध्येका तारासिंगका छोरा रमेश सार्की र भाइहरू हर्क सार्की, प्रकाश सार्कीसहित १२ जना हिमपहिरो आएपछि ज्यान जोगाएर रातारात हिँडेर मुगु सदरमुकाम गमगढी आइपुगेको उनले बताए ।
घटना स्थल रहेको मुगुको मुगूम कार्मारोङ्ग गाउँपालिका–२ च्यार्गो लेख पुग्न जिल्ला सदरमुकाम गमगढीबाट चार दिन र मुगु गाउँबाट दुई दिन पैदल यात्रा लाग्ने माग्री गाउँका स्थानीय छेवाङ्ग तोर्चे लामाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
मकवानपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार