आजबाट बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार ९:५५:७
२५ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु हुने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आइतबारको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । यसमाथि आजदेख छलफल हुन लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ ।
प्रतिनिधिसभा बैठकमा आजदेखि २७ गतेसम्म प्रि–बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ ।
संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि–बजेट छलफल समाप्त गरिसक्नुपर्छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ । अर्कोतर्फ नेकपा एमालेले २८ गतेदेखि केन्द्रीय समिति बैठक आह्वान गरेकाले पनि यही वैशाख २७ गते नै प्रि–बजेट छलफल सक्ने कार्यतालिका बनाइएको छ ।
प्रि–बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । सरकारले आगामी वर्षका लागि आर्थिक गतिविधि चलायनमान गराउँदै फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएडीबीको बोर्ड बैठकमा नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन अपिल
बैशाख २४, २०८१ सोमबार
एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
बैशाख २३, २०८१ आइतबार
अर्थमन्त्रीले कसरी बनाउँदैछन आगामी बजेट ?
बैशाख २०, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार
इजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
आउँदो असार मसान्तभित्र पाँचखालवासीले स्वच्छ पानी पिउन पाउने
बैशाख २४, २०८१ सोमबार
आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
बैशाख २४, २०८१ सोमबार
जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
बैशाख २४, २०८१ सोमबार