ढाकाकुमारको रिटमा सर्वोच्चले दियो कारण देखाउ आदेश
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १५:३०:५२
२५ वैशाख, काठमाडौं । संसद पदबाट निलम्बित ढाकाकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
सांसद पदमा पुनर्वाहलीका लागि अन्तरिम आदेशकाे माग गर्दै आइतबार रिट निवेदन दायर गराएका थिए । सुनुवाईका लागि सोममबार न्यायाधीश तिलपप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको थियो ।
रिटमाथि सुनुवाइ गर्दै श्रेष्ठको एकल इजलासले रास्वपा, संसद लगायतको नाममा पदबाट निलम्बनको गर्नुका लिखित कारण पेस गर्न अल्पकालीन आदेश दिएको हो ।
श्रेष्ठले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्ने भन्नेबारे छलफलका लागि रिटका दुवै पक्षलाई बोलाइएको सर्वोच्च प्रशासनले जनाएको छ । बाटाकाे म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश भएकाे छ ।
गएको पुष १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन हुँदा रास्वपा पनि सरकारमा सहभागी भएको थियो । त्यसबेला आफू पार्टीबाट स्वास्थ्यमन्त्री बन्ने र त्यसनिम्ति पार्टीको ‘कोर टिम’लाई पैसा बुझाउनुपर्ने भन्दै झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग अढाइ करो रुपयाँ रकम माग गरिएको अडियो प्रकरणमा उनलाई रास्वपाले सांसद पदबाट निलम्बन गर्दै पार्टीको साधारण सदस्यबाट समेत हटाएको थियो ।
रास्वपाकै पत्रका आधारमा सभामुख देवराज घिमिरे हिउँदे अधिवेशन अन्तर्गत प्रनिधिसभाको यही वैशाख १५ गतेको बैठकमा श्रेष्ठको सांसद पद खारेज भएको सूचना दिएका थिए । सोही आधारमा उनले निर्वाचन आयोगमा समेत पत्रचार गरेका थिए ।
त्यसपछि श्रेष्ठ आफू निर्दोष रहेको र सांसद पदमा पुनर्वाहली हुन पाउनुपर्ने भन्दै रिट दायर गराएका हुन् । रास्वपाले निलम्बन कारवाही गरेपछि उनले आफूलाई फसाइएको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफू न्यायालयबाट ‘क्लिन चिट’ लिएर आउने बताएका थिए ।
रास्वपाले भने उनको रिक्ता स्थानमा एसिड पीडित बिन्दाबासिनी कंसाकारलाई नियुक्त गर्न निर्वाचन आयोगमा निवेदन दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार