बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्दै
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार ११:४४:५६
२६ वैशाख, नेपालगन्ज । बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको छ । बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले जानकारी दिए ।
जिल्लाको कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिका र राजापुर नगरपालिकामा स्क्रिनिङ परीक्षणपछि बिरामीको पहिचान भएकाले थालसेमियाका बिरामीको सङ्ख्यासमेत बढ्न थालेको फिजिसियन डा पाण्डे बताउछन् । उनले थालसेमिया र सिकलसेल एनिमिया एउटा सिक्काको दुई पाटा भएको उल्लेख गर्दै केही वर्षयतादेखि भेरी अस्पतालमा निःशुल्क परीक्षण भइरहेको बताए ।
भेरी अस्पताल नेपालगन्जमा अहिले दैनिक थालसेमियाका बिरामी आउने गरेका छन् । उनीहरूमा जन्डिस, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आउनेलगायतका लक्षण देखिएको भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केत रिसालले बताए ।
थालसेमिया रोगका लागि रगत विशेषज्ञ नभएको उल्लेख गर्दै उनले फिजिसियन चिकित्सकले बिरामी हेरिरहेको बताए । थालसेमिया सिकलसेलजस्तै रगतसँग सम्बन्धित रोग हो । सरकारले सिकलसेललाई जनस्वास्थ्यको समस्याका रूपमा परिभाषा गर्दै रु एक लाखसम्मको औषधि निःशुल्क प्रदान गर्दै आएको छ । तर थालसेमियाका बिरामीले सो सुविधा पाएका छैनन् ।
थालसेमियाका बिरामीको उपचारमा संलग्न नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रोमा बोराले पछिल्लो समय बालबालिकामा रगतको कमी हुने थालसेमियाजस्तो रक्तअल्पताको समस्या लिएर बिरामी आउने गरेको बताए ।
उनले अहिले करिब ६५ जना थालसेमियाबाट पीडित बालबालिका उपचारका लागि आएको र यीमध्ये करिब १४ जना नेपालगन्जका विभिन्न समुदायका रहेको जानकारी दिए । सो रोगका ८० प्रतिशत बिरामी थारू समुदायको र २० प्रतिशत अन्य समुदायको रहेको बताइएको छ । त्यसमा थारू, मुस्लिम, जनजाति, मधेसी सुमदायका रहेका छन् ।
नेपालगन्जमा निजी क्षेत्रबाट सञ्चालित कान्ति आरोग्य अस्पतालमा आउने थाल्सेमियाका बिरामीलाई बेड चार्जदेखि चिकित्सकको शुल्क र कुरुवा बस्ने सुविधा निःशुल्करूपले उपलब्ध गराएको छ । बर्दियाका फकिरे थारूले थालसेमियका बिरामीलाई राज्यले निःशुल्क औषधि तथा उपचारको प्रबन्ध गर्न माग गर्दै रगत अभाव हुँदा खोज्न, आइरन जाँच गर्न समस्या भोगेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार