हुक्काः एन एब्सर्ड ड्रिम’को गीत जाउ न आउ सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १५:५९:४
२९ वैशाख, काठमाडौं । आगामी जेठ १२ गतेबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत ‘जाउ न आउ’ सार्वजनिक भएको छ । गीतमा युशिन राईको स्वर तथा शब्द र प्रयत्न श्रेष्ठको संगीत छ ।
गीतमा फिल्मका केही संवादसहितका दृश्य राखिएको छ । गीतमा फिल्मकी प्रमुख अभिनेत्री प्रमिला खनालको पीडा प्रस्तुत गरिएको छ । गीतमा फिचर्ड अन्य कलाकारहरु रमाइरहँदा प्रमिलालाई भने भावुक रुपमा देखाइएको छ ।
शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ । अभिनेत्री प्रमिलाले फिल्मले लोकल चामलको स्वाद दिने बताइन् । अर्का अभिनेता तेज फिल्ममा आफ्नो चरित्र कथामा ट्वीस्ट ल्याउने खालको रहेको बताउँछन् ।
सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
छानबिन समिति बनाएर राजनीतिक गतिरोध अन्त्य गर्न प्रधानमन्त्री सहमत : कांग्रेस
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री र कांग्रेस शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार