प्रहरीको घेरा भित्र उदयपुर सिमेन्टको साधारणसभा, कर्मचारीद्धारा जीएम बिरुद्ध नाराबाजी लगाउँदै बहिष्कार
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १८:३६:४८
२९ वैशाख, काठमाडौं । चार वटै कर्मचारी संघ–संगठनको चर्को विरोधपछि लामो समयदेखि बन्द रहेको उदयपुर सिमेन्ट उद्योगको ३५ औं साधारणसभा प्रहरीको सुरक्षा घेरा भित्र सम्पन्न भएको खबर छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा सञ्चालक समितिले आफ्नै अर्कमण्ड्यताका कारण लामो समयदेखि बन्द रहेको उदयपुर सिमेन्ट उद्योगको ३५ औ साधारणसभा आयोजना गरेको थियो । तर उद्योगका चार वटै कर्मचारी संगठन विरोधमा उत्रिँदै बहिष्कार गरेपछि सो साधारणसभा सञ्चालक समितिले खुला रुपमा गर्न नसकी प्रहरीको सुरक्षा घेरा भित्र बन्द हलमा गर्न बाध्य भएको कर्मचारी नेताहरूले जानकारी दिएका छन् ।
६ महिनादेखि उद्योग स्थलमा हाजिर नभएका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले घाटामा रहेको उद्योगका तथ्याङ्कलाई गोलमटोल पारी नाफामा रहेको प्रतिवेदन प्रस्तुत गरेको आरोप कर्मचारीहरूले लगाएका छन् । सरासर झुटा विवरणहरू देखाएर महाप्रबन्धक न्यौपानेले उद्योगलाई नाफामा देखाएको दावी कर्मचारीहरूले गरेका छन् । महाप्रबन्धक न्यौपानेले अस्तव्यस्त बनाएको उद्योगको निरीक्षण गर्न कर्मचारी संगठनहरुले मन्त्री रिजाललाई निम्तो गरेका थिए । तर आज सम्पन्न साधारणसभामा जीएम बिरुद्ध चर्को नाराबाजी गर्दै सम्पूर्ण कर्मचारीहरूले बहिष्कार गरेका थिए ।
कर्मचारीहरूले भ्रष्ट जीएम राजीनामा दे, जीएम चढने गाडी साडी सबै थूत, यसलाई जान दिनु हुँदैन भन्दै महाप्रबन्धक न्यौपाने बिरुद्ध नारा लगाएका थिए । सोही बेला कर्मचारीहरूले मन्त्री रिजाललाई एक ध्यानाकर्षण पत्र बुझाउँदै जीएम न्यौपानेको कार्यकालमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्न उच्च स्तरीय समिति बनाउन लिखित माग गरेका छन् । साधारणसभा या त काठमाडौं मै गर्ने नभए मन्त्रीलाई नबोलाउने जोडमा रहेका महाप्रबन्धक न्यौपाने छिटो छिटो साधारणसभा सकेर मन्त्री रिजाल काठमाडौं फर्केको १० मिनेट पनि नपुग्दै प्रहरी सुरक्षामा गाईघाट तर्फ लागेको बताइएको छ ।
यस उद्योगकाे सञ्चालक समितिको अध्यक्षमा उदयपुर कै केशव कुमार बस्नेत रहेका छन् भने अन्य सञ्चालकहरुमा राज कुमार खतिवडा, देवी प्रसाद बराल, लिल बहादुर बस्नेत, रमेश चौधरी, मिरा लामिछाने र कुवेर प्रसाद राई छन् । अध्यक्ष लगायतका अधिकांश सञ्चालकहरु पूर्ववर्ती देउवा सरकारका पालामा उद्योग मन्त्री रहेका दिलेन्द्र बडुले नियूक्त गरेका हुन् ।
उनीहरु सबै उदयपुर जिल्लाकै स्थानीय हुन् भने उद्योग मन्त्रालयबाट प्रतिनिधित्व गर्ने उपसचिव विशाल सापकोटाको हालै सञ्चार मन्त्रालयमा सरुवा भएपछि सो पद खाली रहेको छ । सो साधारण सभामा अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै लाहान कर कार्यालयका हाकिम पुण्य रिजाल सहभागी भएका थिए भने खानी विभागबाट नारायण ढकाल र वाणिज्य विभाग, कम्पनी रजिष्टार र कोलेनिकाबाट पनि शेयरधनीका रुपमा प्रतिनिधिहरु सहभागी भएका थिए ।
यही साधारणसभाको मौका पारी महाप्रबन्धक न्यौपाने दुई महिनापछि मात्र अकस्मात् उद्योगमा हाजिर भएका छन् । करोडौंको कवाडी सामान लिलाम गरेर कमिशनवापत करोडौं कुम्ल्याएको आरोप लागेका महाप्रबन्धक न्यौपाने यो आठ महिनाको अवधिमा विभिन्न बहाना बनाएर प्रायः काठमाडौं नै बस्दै आएका छन् ।
आज सम्पन्न साधारणसभामा कर्मचारीहरूले गरेको बिरोधका बारेमा जिज्ञासा राख्दा अध्यक्ष बस्नेतले अनभिज्ञता प्रकट गरेका छन् । आफू पनि मन्त्रीसँगै काठमाडौंबाट आएको, मन्त्री रिजाललाई उद्योगको वर्तमान अवस्था बारे जानकारी गराउँदै उद्योग परिसरको अवलोकन गराएको बताउँदै अध्यक्ष बस्नेतले उद्योगमा लामो समयदेखि लफडा चलिरहेको भने स्वीकार गरेका छन् ।
सात दिन भन्दा बढी महाप्रबन्धकको काज गर्न नमिल्ने भएपनि जीएम न्यौपाने बिगत दुई महिनादेखि उद्योगमा हाजिर नभएको र काज पनि नखटाएको अध्यक्ष बस्नेतले जानकारी दिए । ३० दिन भन्दा बढी बिना जानकारी उद्योगमा हाजिर नभए महाप्रबन्धकको जागीर जाने विनियमावलीको व्यवस्था रहेको बारेमा आफ्नो अनभिज्ञता प्रकट गर्दै उनले बैंक ऋण लगायतका विभिन्न काममा महाप्रबन्धक काठमाडौंमा नै खटेको भन्दै बचाउको प्रयास पनि गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदूरसञ्चार प्राधिकरणले अन्य बक्यौतासहित २० अर्ब नतिरेसम्म एनसेलको लाइसेन्स नवीकरण नगर्ने
जेठ १८, २०८१ शुक्रबार
कैलालीमा दश महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता
जेठ १६, २०८१ बुधबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
दूतावासले भिषा दिए सन्दीप आजै अमेरिका उड्ने, ४ बजे अन्तरवार्ता
जेठ १७, २०८१ बिहिबार
पर्यटकीय सम्भावना बोकेको रिग तालको प्रवर्द्धनमा पालिकाको चासो
जेठ १८, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
तनहुँमा हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति
जेठ १८, २०८१ शुक्रबार
यी हुन आर्थिक ऐनले दिएका सात स्कीम
जेठ १८, २०८१ शुक्रबार
क्यान अध्यक्ष चन्द भन्छन्, सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो
जेठ १८, २०८१ शुक्रबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार