साताको पहिलो दिन अमेरिकी डलर बढ्दा युरोमा झिनो गिरावट
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार ९:३३:३४
३१ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । साताको पहिलो कारोबार दिन आइतबार अमेरिकी डलर १२ पैसाले बढेको छ । यसअघि शुक्रबार पनि डलरको भाउ १७ पैसाले बढेको थियो।
आइतबार एकको अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसामा कारोबार भएको छ । यसाअघि शुक्रबार खरिदमूल्य १३१ रुपैयाँ ५ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकले आइतबार युरोपियन युरोमा झिनो गिरावट आएको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसाले घटेको हो । यसअघि शुक्रबार युरोको खरिदमूल्य १४३ रुपैयाँ १५ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ८० पैसा कायम गरिएको थियो ।
त्यस्तै, आइतबार पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६४ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ १७ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ८८ रुपैयाँ १३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६८ पैसा पाइन्छ।
यस्तै, राष्ट्र बैंकले कतारी रियाल आइतबार एकको खरिदमा ३६ रुपैयाँ एक पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर आइतबार ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ २९ पैसा र बिक्रीमा २९ रुपैयाँ ४२ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ७४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५५ पैसा तोकिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?
बैशाख २, २०८१ आइतबार
आर्थिक समस्याले थलिएको नेपाल शेयर मार्केट्सको संयोजकमा अधिकारी चयन
चैत २८, २०८० बुधबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
इलाम अपडेट : १६ सय २३ मतले एमाले अगाडि
बैशाख १७, २०८१ सोमबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार