धनगढीमा मनाइयो शिक्षक संघको स्थापना दिवस
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार ११:४:४९
३१ वैशाख, धनगढी । धनगढीमा नेपाल शिक्षक संघको स्थापना दिवस मनाइएको छ। धनगढी उपमहानगरपालिका कार्य समितिको आयोजनामा शनिबार शिक्षक संघको ३४औं स्थापना दिवस ३४ वटा दीप प्रज्वलन गरी मनाइएको हो।
२०४७ सालमा स्थापना भएको शिक्षक संघले वैशाख ३० गते हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ। कार्यक्रममा उपमहानगरपालिकाका विभिन्न विद्यालयका शिक्षक र शिक्षक संघका विभिन्न तहका कार्यसमितिका सदस्य एवम् पदाधिकारी तथा नेपाल ट्रेड युनियन कांग्रेसका शिक्षक नेताहरूको उपस्थिति रहेको नेपाल शिक्षक संघ धनगढीका अध्यक्ष मोहन भण्डारीले बताए।
नेपाल शिक्षक संघ कैलालीको भवनमा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष डिल्लीराज पन्त, महासचिव प्रेमबहादुर शाही, नेपाल शिक्षक संघका निवर्तमान संघीय उपाध्यक्ष लक्ष्मण दत्त भट्ट, सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेय, नेपाली लेखक संघका केन्द्रीय सदस्य गणेश नेपालीले आफ्नो धारणा राखेका थिए।
त्यस्तै नेपाल शिक्षक संघ कैलालीका सचिव हरिस ओझा, अर्थ सचिव देवराज जोशी, नेपाल शिक्षक महासंघका सहसचिव पदमराज जोशी, नेपाल ट्रेड युनियन कांग्रेस सुदूरपश्चिम उपाध्यक्ष शान्ति सिंह शाही, नेपाल ट्रेड युनियन कांग्रेसका कैलालीका सचिव डबल बहादुर बम, प्रदेश प्रतिनिधि इन्दिरा जोशी, कोषाध्यक्ष सागर जोशी, प्रतिनिधि परमानन्द भट्ट, नेपाल शिक्षक संघ धनगढीका निवर्तमान अध्यक्ष नवराज ओझा, उपाध्यक्षहरू हरिस चन्द, उमा सुबेदीलगायतले आफ्नो धारणा राखेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार