स्काउट राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यम हो : खेलकुदमन्त्री लिम्बु
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १३:४५:४५
३१ वैशाख, काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवाहरुलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्याम भएको बताएका छन् । उनले स्काउटलाई विकासको मूलधारमा जोड्ने माध्यामका रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाल स्काउटका संरक्षकसमेत रहेका मन्त्री लिम्बुले ‘एक घरः एक स्काउट’को अवधारणा अनुसार अघि बढदा देश र जनताप्रति जवाफदेही युवाहरु उत्पादन गर्न सकिने बताए । मन्त्री लिम्बुले नेपाल स्काउटले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्काउटलाई तल्लो तहसम्म लैजान सक्ने हो भने युवाहरुलाई अनुशासित र राष्ट्रपति जिम्मेवार बनाउन सकिने बताए ।
मन्त्री लिम्बुले नेपाल स्काउटको प्रगतिका लागि आफूले त्यससँग सम्बन्धित कानुनहरुलाई समयानुकूल हुने गरी परिमार्जन गर्ने प्रतिवद्धता जनाए । ‘नेपाल स्काउटलाई तल्लो तहमा लिएर जान सकियो भने राम्रो हुन्छ । एक घरः एक स्काउटको अवधारणा आईसकेकै अवस्था छ । र, अहिले हामीसँग युवाहरुलाई राष्ट्र विकासको मूल धारमा जोडने माध्यामको रुपमा यो स्काउटलाई उपयोग गरेर अगाडि बढ्ने योजना बनाएका छौं’ उनले भने ।
उनले मुलुकलाई समृद्ध बनाउन नेपाल स्काउटले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने विश्वास समेत व्यक्त गर्दै विभिन्न अन्तराष्ट्रिय निकायहरुसँग छलफल गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनका लागि पहल गरिने उनको भनाइ थियो । उनले मुलुकको समृद्धि र विकासका लागि संकल्प लिएर अघि बढन नेपाल स्काउटलाई आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार