सुनिलसँग एलिशा यसरी रोमान्टिक बनेपछि
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १३:५०:४
३१ वैशाख, काठमाडौं। आँफुलाई गीत संगीतको क्षेत्रमा निरन्तर सक्रिय बनाइराख्न रुचाउने गायक हुन् प्रदीप कार्की । देश दशकअघि बेलायत हानिएका गायक कार्की परवासमा रहेर पनि एकपछि अर्को शृजना ल्याउनमा निकै तल्लिन देखिन्छन् ।
उनै गायक कार्कीको स्वर रहेको ‘तै मायाको’ गीतको भिडियो हालै सार्वजनिक भएको छ । दोलखामा जन्मे हुर्केका गायक कार्कीले बेलायतबाट नै रिलिज गरेको ‘तै मायाको’मा शब्द तथा संगीत दीपक शर्माको रहेको छ । जसमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ ।
आफ्नै स्वरमा सजिएको ‘तै मायाको’ भिडियो बजारमा ल्याउँदै गायक कार्कीले फेरी आफ्ना दर्शक र श्रोताहरुको माया खोजीरहेका छन् । डान्सिङ शैलीमा तयार ‘तै मायाको’ सुन्ने हरेक दर्शकलाई यो गीतले छमछम नचाउने विश्वास गायक कार्कीले लिएका छन् । जसमा मोडलद्धय सुनिल क्षेत्री र एलिशा शर्माको अभिनय देख्न सकिन्छ । आफ्नी मायालुको वर्णन गरेका प्रेमीका रुपमा देखिएका सुनिलले भिडियोमा एलिशालाई चोखो प्रेम दर्शाएका छन् । तँ सम्बोधन गरिएको गीतले एक प्रेमील जोडीको प्रेम सम्बन्ध र निकटतालाई देखाएको छ ।
दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् । गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटो, लगायतका दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका छन् ।
हेर्नुहोस् यो रमाइलो गीतको भिडियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमति
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार