लुम्बिनीका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइदै, मुख्यमन्त्रीले डाके सर्वदलीय बैठक
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १५:३२:१८
३१ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिने भएका छन् । आगामी बजेट निर्माणमा असर परको भन्दै उनीहरुलाई जिम्मेवारी दिन लागिएको हो ।चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । वैशाख १९ गते नै आठ दल र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यको विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री चौधरीले कांग्रेसबाट मन्त्रीका आकांक्षी धेरै भएपछि सरकार विस्तार गर्न सकेका थिएनन् ।
उनले आइतबार नै यसअघि बिनाविभागीय मन्त्री बनेका माओवादीका १, लोसपाका १ र नागरिक उन्मुक्तिका एक जनालाई मन्त्रालयको जिम्मेवारी प्रदान गर्दै छन् । माओवादीका धनबहादुर मास्की आर्थिक मामिलामन्त्री र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधारमन्त्री बन्दै छन् । भौतिक पूर्वाधार मन्त्रालयबाहेक अन्य मन्त्रालयमा जिम्मेवारी नलिने नागरिक उन्मुक्तिले अडान राखेपछि उसलाई त्यही मन्त्रालय दिने तयारी छ ।
लोसपाबाट बिनाविभागीय मन्त्री बनेका सन्तोषकुमार पाण्डेले पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयमा दाबी गरिरहेका छन् । उनलाई त्यो मन्त्रालय फुटाएर पर्यटनसहित अन्य जिम्मेवारी थपेर नयाँ मन्त्रालय दिने तयारी छ । तर मन्त्रालय फुटाएर थप हुने मन्त्रालयको कार्यविभाजन टुंगो नलागेकाले लोसपाका पाण्डेको मन्त्रालय पनि टुंगो लागेको छैन । मुख्यमन्त्री चौधरीले आइतबार साँझसम्म बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाउने र ढिलोमा बुधबारसम्ममा सरकार पूर्ण हुने बताएका छन् ।
मुख्यमन्त्री चौधरीले मन्त्रालयको संख्या र साना दलसहित कांग्रेसका भागमा पर्ने मन्त्रालय टुंगो लगाउन आइतबार बेलुका ४ बजेका लागि सर्वदलीय बैठक आहृवान गरेका छन् । बैठक दाङको देउखुरीमै बस्दैछ । सरकार गठनका बेला गठबन्धनका दुई ठूला दल कांग्रेस र माओवादीबीच मुख्यमन्त्रीसहित कांग्रेसले ४ मन्त्रालय र माओवादीले ३ मन्त्रालय लिने सहमति भएको थियो ।
माओवादीले एमाले नेतृत्वको सरकारमै पाएका आर्थिक मामिला, भौतिक पूर्वाधार र आन्तरिक मामिला मन्त्रालयमा दाबी गरिरहेको थियो । तर अहिले भौतिक पूर्वाधार मन्त्रालय छोड्नु पर्ने भएपछि माओवादीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय पनि नलिने भएको छ । माओवादीले सहरी विकास, स्वास्थ्य र वन तथा वातावरण मन्त्रालय मध्ये २ वटा पाउनु पर्ने दाबी छ । सरकारका प्रवक्ता एवं विना विभागीय मन्त्री सन्तोषकुमार पाण्डेयले केही मन्त्रालयको कार्यविभाजन हेरफेर गर्ने तयारी भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबझाङः एमाले ९८८९, कांग्रेस ९८८०, माओवादी ३६६३, एस २४०५ मत
बैशाख १७, २०८१ सोमबार
इलामः एमाले १०,४१९, कांग्रेस ७,०६२, स्वतन्त्र ५,७६१ र रास्वपा १४४३ मत
बैशाख १७, २०८१ सोमबार
वर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव छैन : नेता कोइराला
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
सुनको मूल्य चार सयले घट्यो, प्रतितोला कति ?
बैशाख १७, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से १० अंकले बढ्यो
बैशाख १७, २०८१ सोमबार
सेनाको प्राविधिक सहयोगमा किन्ताङफेदीमा बेली ब्रिज निर्माण
बैशाख १७, २०८१ सोमबार
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
बैशाख १७, २०८१ सोमबार
नारायणी नदीमा तटबन्ध निर्माण गरिँदै
बैशाख १७, २०८१ सोमबार
घण्टाघर सडक किनारामा ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख १७, २०८१ सोमबार