भ्रष्टाचारले थलिएको उदयपुर सिमेन्ट उद्योगमा बिजुली बन्द, प्राधिकरणलाई ३६ करोड बुझाउन बाँकी
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार ११:१५:३२
१ जेठ, उदयपुर । सरकारले उद्योग चलाउने जिम्मेवारी दिएर पठाएको महाप्रबन्धकबाटै भएको आर्थिक अनियमितताले थला परेको उदयपुर सिमेन्ट उद्योगको बत्तीसमेत काटिएको छ । प्रायः उद्योगमा हाजिर नहुने महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले लामो समयदेखि बिजुलीको रकम नतिरेकाले विद्युत प्राधिकरणले उद्योगको लाइन काटिदिएको हो । बत्ति नभएपछि उद्योगका कुनै पनि काम सञ्चालन हुँदैनन् ।
उदयपुर सिमेन्टले बिद्युत् प्राधिकरणलाई ३६ करोड बक्यौता बुझाउन बाँकी छ । धेरै अगाडि देखिको बक्यौता बुझाउन पटक पटक पत्र पठाउँदा समेत उद्योगका महाप्रबन्धक न्यौपानेले वेवास्ता गर्दै आएका थिए । बिद्युत् काटिए पछि उदयपुर सिमेन्ट उद्योगको सञ्चालन नहुने अवस्थामा पुगेको छ । नियमित उत्पादन बढाएर उद्योगलाई सक्षम बनाउनुपर्नेमा महाप्रबन्धक न्यौपानेले उद्योगलाई भ्रष्टाचारको स्रोत बनाएको कर्मचारीको भनाइ छ । अहिले बिजुलीको पैसा समेत तिर्न नसक्ने अवस्थामा उद्योगलाई पुर्याइएको छ ।
उद्योग यति बेला २ अर्ब ९ करोड घाटामा छ । घाटाले आर्थिक भार परिरहेको बेला बत्तीसमेत काटिए पछि उद्योग थप संकटमा परेको छ । उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार एक साता अघि पत्र पठाएर भुक्तानी दिनका लागि अनुरोध गरे पनि उद्योगले भुक्तानी नदिए पछि आइतवारबाट बिजुली काटिएको हो । अहिलेसम्म गरेर सिमेन्ट उद्योगले प्राधिकरणलाई बुझाउनु पर्ने करिब ३६ करोड बक्यौता छ । सो बक्यौता रकम भुक्तानी गर्नका लागि एक साताअघि चेतावनी दिँदै उद्योगलाई पत्र पठाइएको थियो ।
महाप्रबन्धक न्यौपानेले उद्योगमा गरेको भ्रष्टाचारको विरोध गर्दै कर्मचारी संगठनहरुले एक साता अघि उद्योगको साधारणसभा समेत रोक्न खोजेका थिए । चार वटै कर्मचारी संघ–संगठनको चर्को विरोधपछि लामो समयदेखि बन्द रहेको उदयपुर सिमेन्ट उद्योगको ३५ औं साधारणसभा प्रहरीको सुरक्षा घेरा भित्र सम्पन्न गरिएको थियो । लामो समयदेखि बन्द रहेको उदयपुर सिमेन्ट उद्योगको ३५ औ साधारणसभा पनि प्रहरी राखेर गरेको थियो ।
उद्योगका चार वटै कर्मचारी संगठन विरोधमा उत्रिँदै बहिष्कार गरेपछि सो साधारणसभा सञ्चालक समितिले खुला रुपमा गर्न नसकी प्रहरीको सुरक्षा घेरा भित्र बन्द हलमा गरिएको थियो । उद्योग स्थलमा हाजिर नभएका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले घाटामा रहेको उद्योगका तथ्याङ्कलाई गोलमटोल पारी नाफामा रहेको प्रतिवेदन प्रस्तुत गरेको आरोप कर्मचारीहरूले लगाएका थिए । पछिल्लो समय भ्रष्टाचारका लागि उदाहरण बनेको छ उदयपुर सिमेन्ट उद्योग । अनेकौं भ्रष्टाचार जन्य कामले चलिरहेको उद्योग नै बन्द हुने अवस्था आए पनि सरकारले न्यौपानेलाई जिम्मेवारीबाट हटाउन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविज्ञापन बोर्डको चेतावनी, ‘भ्रमपूर्ण विज्ञापन छापिए कारवाही हुन्छ’
जेठ १०, २०८१ बिहिबार
प्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार