आँगनमै पानीको धारा झरेपछि स्थानीय दङ्ग
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १६:२०:२०
१ जेठ, चौतारा । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दङ्ग छन् । एक गाग्रो पानीका लागि घण्टौँ कुरेर पनि कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य भएपछि उनी खुसी छन् ।
मैयाले भनिन्, “घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौँ अहिले हाइसञ्चो भएको छ ।” पाल्चोक खानेपानी आयोजनाले झन्डै १० वर्षभन्दा बढी समय लगाएर पाँच किलोमिटर टाढाको पहरोलाई छिचोल्दै कुँडुले खोलाबाट पानी ल्याएर पाँच सय ९९ धारा बनाउन सफल भएको समितिका अध्यक्ष जिमी तामाङले जानकारी दिइन् ।
खानेपानी तथा सरसफाइ विकास कार्यालयको सहयोगमा रू तीन करोड १८ लाख सहयोगमा घर–घरमा खानेपानीको धारा बनेपछि दीपबहादुर खड्का निकै खुसी देखिन्छन् । वर्षौंदेखि पानीको ठूलो समस्या भोगे पनि अहिले घरघरमै धारा र २४ सै घण्टा पानी आउन थालेपछि उहाँले सबैलाई धन्यवादसमेत दिए ।
चौतारा साँगाचोकगढी नगरपालिका–७ को नेपानेवासीले एक सय १९ धारा पाएका छन् । नगरको ‘एक घर एक धारा’ कार्यक्रम अन्र्तगत घरघरमा धाराको व्यवस्था गरिएको हो । नेपाने खानेपानी उपभोक्ता समितिले निर्माण गरेको धारामा पानी आएपछि स्थानीयवासीमा खुसी भरिएको छ । सुख्खा क्षेत्रको रुपमा चिनिएको सिरुबारीको नेपानेमा धारा बनेपछि खानेपानीसँगै करेसाबारीमा पानी लगाउन सहज भएको वडा अध्यक्ष डम्बरबहादुर तामाङले बताए ।
चौतारा बजार नजिकै रहेको हुन्द्रुङ गाउँका स्थानीयवासीले गाग्री बोकेर पँधेरा धाउन पर्ने बाध्यता हटेको छ । यसअघि खानेपानीको लागि उनीहरु बस्ती नजिकैको छाँगाखोलामा जानुपर्ने बाध्यता थियो । अहिले घरघरमा धारा निर्माण भएपछि टाढासम्म जानुपर्ने दिन अन्त्य भएकोमा स्थानीयवासी खुसी छन् ।
स्थानीय ६५ वर्षीया बुद्धिमाया घलेले भनिन्, “काँधमा बच्चा र आङमा पानीको गाग्री बोकेर छाँगाखोला धाउने दिन अन्त्य भएको छ । पहिले पहिले बिहान भाले बास्ने वित्तिकै घरदेखि एक किलोमिटर परको छाँगाखोलामा पानी लिन जानेको लस्कर नै हुन्थ्यो ।”, उनले भनिन्, “केही दिन अघिसम्म सामुदायिक धारामा जाने गरेका थियौँ अहिले घरघरमा नै धारो बनेको छ खुसी छौँ ।”
गाउँमा एक सय पाँच घरधुरी रहेकोमा एक विद्यालयसहित २१ घरधुरीलाई एक घर एकधारा वितरण गरिएको छ । आयोजना निर्माणका लागि नगरपालिकाले रू १० लाख २६ हजार आठ सय ८९ र सेवक नेपालले रू पाँच लाख सहयोग उपलब्ध गराएको थियो । उपभोक्ताबाट रू तीन लाख ४० हजार दुई सय बराबरको श्रमदान गरी कूल रू १८ लाख ६७ हजार ९७ लागतमा घरघरमा खानेपानीको धारा पुर्याउन सफल भएको समितिको कोषाध्यक्ष सरोजा घलेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा
बैशाख २४, २०८१ सोमबार
पाँचखाल वृहत् खानेपानी आयोजना : ३१ हजार नागरिकले स्वच्छ पिउने पानी पाउने
बैशाख २४, २०८१ सोमबार
पर्वतको कुश्माबजारमा खानेपानीको अभाव, लोडसेडिङ सुरु
बैशाख २०, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार