मौद्रिक नीतिले सबै अपेक्षा पुरा गर्न सक्दैनः गभर्नर
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १७:२४:५८
१ जेठ,काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले बजारका सबै अपेक्षा पुरा गर्न नसक्ने बताएका छन् । अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेकोमा जोड दिएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती सम्बन्धी कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र बजारले वित्त नीतिभन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरेको बताए ।
मौद्रिक नीतिबाट सरकारले धेरै अपेक्षा गरेपनि यसका सीमा सीमित रहेकाले सबै अपेक्षा समेट्न नसकिएको उनको भनाइ थियो । गभर्नर अधिकारीले राजनीतिक व्यवस्थामा चेक एण्ड ब्यालेन्स भए जस्तै मौद्रिक र वित्त नीतिमा पनि चेक एण्ड व्यालेन्सको आवश्यक रहेको बताए । मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण आगामी दिन चुनौतीपूर्ण रहेको बताए ।
अर्थतन्त्रलाई लयमा ल्याउनको लागि वित्त नीतिमा ठूलो चुनौती देखिएको भन्दै उनले सरकारले राजश्व संकलन वृद्धि, करको दायरा बढाउने र भन्सारमा सुधारको पहल गर्नुपर्ने बताए । गभर्नर अधिकारीले मुलुक औद्योगिक क्षेत्रको विकासलाई गतिशील बनाउन सरकारले घोषणा गरेका औधोगिक क्षेत्रको पीपीपी मोडल सञ्चालनमा ल्याउन सरकारलाई सुझाव दिए ।
नेपालको अर्थतन्त्रका फरक–फरक खालका विषेशताहरु रहेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकले बारम्बार संरचनागत सुधारका कुराहरु उठाइरहेका उनले बताए । मुलुक कतिपय आर्थिक विषयमा परनिर्भर रहने र परनिर्भतालाई केही अन्तरनिर्भतामा जानुपर्ने आवश्यकता रहेको भन्दै गभर्नर अधिकारीले विश्वव्यापी रुपमा नेपालप्रति पनि अन्य देशहरु परनिर्भर रहने कतिपय कुराहरु कामय रहेको बताए ।
उनले भने,‘हाम्रो आन्तरिक उत्पादन कम हुने, वाह्य उत्पादनमा निर्भर रहनुपर्ने प्रचलन छ । हाम्रो आर्थिक नीति पनि आयातमा निर्भर रहनुपर्ने अवस्थामा सरकारले संरचनागत विषयमा छुनुपर्ने छ । राजनीतिक परिर्वतनको लागि लाग्दा मुलुक आर्थिक परिवर्तनमा पछि पछाडि परेको छ । मुलुकको अर्थतन्त्र धेरै हदसम्म रेमिट्यान्समा भर परेको छ । यो वर्ष वाह्य क्षेत्रमा कम्फर्टेबल रहे पनि, बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण सफल रहे पनि भोलिको लागि चुनौतीहरु रहेका छन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?
बैशाख २, २०८१ आइतबार
आर्थिक समस्याले थलिएको नेपाल शेयर मार्केट्सको संयोजकमा अधिकारी चयन
चैत २८, २०८० बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
बागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार