पीडितले फोडे मिटरब्याजीले लगाएको ताल्चा
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १२:३८:३५
२ जेठ, काठमाडौं । मिटरब्याजी अर्थात अनुचित लेनदेन गर्ने साहुबाट पीडितहरुले आफ्नो घरमा लगाइएको ताल्चा फोड्न थालेका छन् । मिटरब्याजीबाट तराईमा पनि मुख्य गरी मधेश प्रदेशका पीडितहरुले मिटरब्याजीले ४÷५ वर्षदेखि आफ्नो घरमा लगाएको ताल्चा फोडेर घरभित्र प्रवेश गरेका छन् । ताल्चा फोड्न अधिकांश पीडित महिलाहरु सहभागी छन् ।
सोमबार सर्लाहीको हरिपुरमा मिटरब्याजी सुदखोरले चार वर्ष पहिलेदेखि ताल्चा मारेर कब्जा गरेको घरमा पुगेर ताल्चा फुटाएर उनीहरु प्रवेश गरेका छन् ।
सदरमुकाम मलंगवाका सुदखोर रामस्वरुप रायले हरिपुर नगरपालिका–५ मजुवारकी जमिला खातुनको घर कब्जा गरेर अर्कै व्यक्तिलाई बिक्री गरेको घरमा ताला पीडित र मिटरब्याज पीडित संघर्ष समिति सर्लाहीको पहलमा फोडेर पीडित परिवार घरभित्र प्रवेश गरे । ताल्चा लगाएका कारण जमलिाको परिवार ४ वर्षदखि घरबाहिर बस्दै आएका थिए ।
कब्जा गरेको जमिलाको घर सुदखोर रायले स्थानीय कलिम अन्सारीलाई २० लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ । रायबाट जमिलाले घरायसी खर्चका लागि ७ वर्ष पहिले दुई लाख रुपैयाँ ऋण लिएकी थिइन् । दुई लाख रुपैयाँ ऋण दिँदा रायले एकलौटी रुपमा ८ लाखको फर्जी कागज बनाएका थिए ।
फर्जी कागजको डर देखाई जमिलाको ४ कोठे पक्की घर र ११ धुर जमिन कब्जा गरेर अर्कै व्यक्तिलाई २० लाख रुपैयाँमा बेचेको पाइएपछि न्याय दिलाउन पहल गरेका ेसंघर्ष समितिकी मधेश प्रदेश संयोजक सरस्वती मिश्रले बताइन् । ताल्चा फुटाउने क्रममा संघर्ष समिति सर्लाही जिल्ला संयोजक रुक्मिणी चौधरी सहभागी थिइन् ।
सरकार के गर्दैछ ?
पीडितले आफूहरुले लिएभन्दा मिटरब्याजीहरुले लाखौं रुपैयाँ ऋणको कीर्ते र फर्जी कागजका आधारणमा डर, धम्की दिएर परिवारकै उठीबास लगाएको भन्दै मिटरब्याजीमाथि कारवाही गर्न र ऋण चुक्ता भइसकेपछि पनि कब्जा गरेका दृष्टिबन्धक फिर्ताको माग गर्दै तराईका १४ जिल्लाबाट पीडितहरु काठमाडौं आई धर्ना र प्रदर्शन गरेका छन् ।
सोही क्रममा सरकारले पीडितहरुसँग सम्झौता समेत गर्यो । सोही आधारमा सरकारले चर्को ब्याजमा हुने ऋणलाई ‘अनुचित लेनदेन’ (मिटरब्याज)को सूचीमा राखेर मिटरब्याजीलाई फौजदारी अपराधमा कारवाही गर्ने गरी अध्यादेश ल्याइसकेको छ । सोही आधारमा सरकारले मिटरब्याज जाँचबुझ तथा अनुसन्धान आयोग गठन गरेको छ । आयोगको कार्यालय जनकपुधाममा स्थापना गरेर देशैभरका पीडितबाट उजुरी लिइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
दाङमा बस दुर्घटना हुँदा १० यात्रु घाइते
जेठ ४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा बालेन
जेठ ४, २०८१ शुक्रबार