भ्रष्ट्राचारविरुद्ध स्टाटस् लेखेका युवक ३ दिनदेखि बेपत्ता
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १६:५९:९
२ जेठ, काठमाडौं । भ्रष्ट्राचारका विषयमा सामाजिक सञ्जालमा खरो स्टाटस लेख्दै आएका झापाका एक युवक ३ दिनदेखि बेपत्ता छन् । झापाको बुद्धशान्ति गाउँपालिका– ४ मा ३३ वर्षीय शेरबहादुर सुहाङ्ग बैशाख ३१ गते रातीदेखि बेपत्ता रहेको उनका परिवारले जनाएको छ ।
उनका बुबा खम्बबहादुरले छोराको खोजी गरिदिन इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिएका छन् । शेरबहादुर आइतबार बुधबारेमा नेपाल विद्यार्थी संघ र तरुण दलले भ्रष्ट्राचारको विरोधको समर्थन गरेर आफ्नो फेसबुक पेजमा सन्देश लेखेका थिए ।
स्टाटसकै कारण उनलाई आइतबार राति ८–९ जनाको समूहले घरमै आएर हत्याको धम्की दिएको बुझिएको छ । धम्की दिने युवाहरुको पहिचान भइसकेको बताएका छन् । धम्कीपछि साथी कुलबहादुर गौतमसँग घरबाट निस्केका उनी बेपत्ता रहेको उनका बाबुले बताएका छन् । निवेदनका आधारमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार