सिक्किम पुगेका आङटावा शेर्पाका तीन वटा भिडियो क्लिप्स प्रहरीको कब्जामा
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १०:२९:०
३ जेठ, काठमाडौं । नेपाली कांग्रेसभित्र बालकृष्ण खाँणसँग नजिक रहेका संविधानसभा सदस्य आङ टावा शेर्पाले प्रत्येक व्यक्तिसँग ५० लाखका दरले पैसा उठाएर नक्कली भूटानी शरणार्थी दर्ता गर्न विवरण संकलन गरेको पाइएको छ । ललितपुर स्थित एक प्रतिष्ठित व्यापारीको घर र रेष्टुरेण्टलाई प्रयोग गरेर चिने जानेका तथा आफन्तहरूसँग सुरुमा ६ लाख, २० लाख र २४ लाख गरी किस्तामा पैसा लिएको प्रहरी स्रोतले जनाएको छ ।
उनले फारम भराउँदै गरेको भिडियो क्लिप्स नै प्रहरी कार्यालयमा पुगेको छ । सो भिडियो क्लिप्स पाएपछि प्रहरीले दुई दिनको म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाएको छ । उनीसँगको बयान आज शुरु हुने उपत्यका प्रहरी कार्यालय रानी पोखरीका एआईजी श्याम ज्ञवालीले जनाएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको आरोपमा पक्राउ परेका पूर्वसभासद आङटावा शेर्पा जोडिएको भनिएका ‘भिडियो क्लीप’हरु माथि पनि छानबिन भएको जनाएको छ । पक्राउ पुर्जी जारी भएपछि सम्पर्कमा नआएका शेर्पाले सोमबार साँझ मात्र प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए ।
ती क्लीपहरुमा आरोपित शेर्पाको उपस्थिति देखिन्छ। उनको उपस्थितिमा छुट्टाछुट्टै टेबलमा बसेर धेरै युवायुवतीले एक आपसमा छलफल गरिरहेको देखिन्छ। स्रोतले सार्वजनिक भिडियो क्लीपहरु एक बर्ष अघिको रहेको बताएको छ । ललितपुरको कुनै एक रेष्टुरेन्टमा भेला भएका यस्ता दुई वटा छोटा भिडियो क्लीपहरु र एक घरमा विवरण संकलन गर्दै गरेको अर्को भिडियो प्रहरी कार्यालयमा पुगेको छ । ०७० सालको संविधानसभा निर्वाचनमा उनी रामेछापबाट निर्वाचित भएका थिए ।
शेर्पाले कांग्रेस नेता बालकृष्ण खाणलाई जोगाउन बयान प्रभावित पार्ने प्रयास गरेको आरोप थियो । उनलाई मतियारका रूपमा प्रहरीले अनुसन्धान गरिरहेको बेला पीडितहरुले तीन वटा भिडियो नै प्रहरीलाई पठाएका थिए । हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र बिचौलियाहरूबीच उनले मध्यस्थकर्ताको भूमिका खेलेका थिए । केही प्रमाण भेटिन सक्ने भएकाले बिहीबार प्रहरीले ताला फुटाएर खानतलासी गरेको थियो । घरमा कोही पनि नभेटिएको र त्यससम्बन्धी विवरण पनि केही बरामद हुन नसकेको स्रोतको भनाइ छ । यद्यपि, अमेरिका पठाइदिने भनेर बिचौलियाहरूसँग पैसा लेनदेनमा शेर्पाको पनि भूमिका रहेको सूचना प्रहरीले पाएको थियो ।
चैतको दोस्रो साता ठगीमा संलग्न केही बिचौलियाहरु पक्राउ परे लगत्तै खाँणको प्रतिनिधि बनेर शेर्पा १८ चैतमा अभियुक्तलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए । पैसा फिर्ता गराइदिने आश्वासन दिँदै उनले बयानमा खाँणको नाम नपोल्न प्रस्ताव गरेका थिए । एक–दुई दिनमै केही रकम फिर्तासमेत गरिएको सूचना प्रहरीले पाएको छ । प्रहरीले पक्राउ पुर्जी जारी गरेको थाह पाएपछि उनी भागेर सिक्किम पुगेका थिए । तर प्रहरीले कुनै हालतमा पक्राउ गर्ने भएपछि सोमबार काठमाडौं आएर उनले आत्मसमर्पण गरेका हुन् ।
सोमबार साँझ मात्र आत्मसमर्पण गरेका पूर्व सभासद शेर्पा परिसरको शौचालयमा लडेर घाइते भएको प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेपछि प्रहरीले वीर अस्पतालमा उपचार गराएर पुनः परिसरमा लगेको छ। शेर्पाको टाउकोमा ७ वटा टाँका लगाइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत १२ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राईलाई पनि पक्राउ गरियो।
पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा अहिलेसम्म पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेता रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परेका छन्। बादलका छोरा प्रतिक थापा, सल्लाहकार राईका छोरा निरज लगायत अझै फरार छन्। प्रकरणमा प्रहरी अनुसन्धान निष्कर्षतर्फ उन्मुख छ । प्रहरीले अझै दुई दिने समय लिन सक्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार