इजरेल चुनाव : नेतान्याहु र ग्यान्टस् दुवैले गरे जितको दाबी
इन्द्र रिजाल
चैत २७, २०७५ बुधबार १२:४६:४५
एजेन्सी । इजरेल चुनावमा मतदान गरेर बाहिर निस्किएका मतदातासँग गरिएको सर्वेक्षणले कसैको पनि स्पष्ट जित नहुने देखाएको छ।आमचुनावमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका निकटतम प्रतिस्पर्धी बेन्नी ग्यान्टस् दुवैले आफूले जित्ने दाबी गरेका छन्।
पूर्व सेना प्रमुख ग्यान्टस्को मध्यपन्थी ब्लू एण्ड ह्वाइट गठबन्धनले ३६ अथवा ३७ सिट जित्ने देखाएको छ भने प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले ३३ देखि ३६ सिट ल्याउने सर्वेक्षणहरूले देखाएका छन्।
दुईवटा मत सर्वेक्षणहरूले नेतान्याहुसँग समर्थित दक्षिणपन्थी पार्टीहरू मिलेर सत्ता गठबन्धन गर्ने सम्भावना देखाएको छ। तर तेस्रो मत सर्वेक्षणले चाहिँ ती पार्टीहरू ग्यान्टस्को पार्टीसँग सत्तामा जोडिन पुग्ने देखाएको छ। ‘हामीले जित्यौँ ! इजरेली जनताले आफ्नो राय राखे१ू ब्लू एण्ड ह्वाइटले एउटा विज्ञप्तिमा भनेको छ। यो चुनावमा स्पष्ट जित र स्पष्ट हार कसैको पनि भएको छैन।’
नेतान्याहुले ट्वीट गरेका छन्स् ‘लिकुडले नेतृत्व गरेको दक्षिणपन्थी गठबन्धनले निर्णायक जित हासिल गरेको छ। म इजरेलका जनतालाई विश्वासको मत दिएकोमा धन्यवाद दिन्छु। म दक्षिणपन्थी सरकार बनाउनका हाम्रा स्वाभाविक साझेदारसँग काम आजै बेलुका काम सुरु गर्छु।’
इजरेलको १२० सिटको संसद्मा अहिलेसम्म कुनै पनि पार्टीले बहुमत ल्याएको छैन र अहिलेसम्म सधैँ गठबन्धनको सरकार बनेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार