उदयपुर सिमेन्ट उद्योगमा काटिएको बिजुली जडान गर्न उद्योग मन्त्रीको हस्तक्षेप, लाइन जडान गर्न उर्जा मन्त्रालयको प्राधिकरणलाई पत्र
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १६:४५:७
४ जेठ, उदयपुर । आन्तरिक भ्रष्टाचारले थलिएको उदयपुर सिमेन्ट उद्योगले लामो समय पैसा नतिरेपछि काटिएको बिजुली जडान गर्न उद्योग मन्त्रीले नै हस्तक्षेप गर्नु परेकाे छ । तालुक मन्त्रालयले आज एक पत्र लेखेपछि उर्जा मन्त्रालयले नै नेपाल विद्युत प्राधिकरणलाई पत्र काटेर अनुरोध गर्नु परेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा उर्जा मन्त्रालयले प्राधिकरणसँग उद्योगको बत्ति सुचारु गरिदिन आग्रह गरेपछि अहिले उद्योगमा बत्ति सुचारु भएको छ ।
नेपाल विद्युत प्राधिकरणले लामो समय देखि बक्यौता महसुल नतिरेको भन्दै बिजुली काटिदिएपछि उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपाने रकम तिर्न छाडेर फरार भएका थिए । उनले पहिलाे पटक नायव महाप्रबन्धकलाई निमित्तको जिम्मेवारी दिएर भागेपछि लामो समय उद्योगमा अन्धकार छाएको थियो । अहिले उद्योगमा न्यौपानेले गरेको भ्रष्टाचार छानविन हुनुपर्ने माग गर्दै स्थानीयले समेत दैनिक जसो प्रदर्शन गर्दै आएका छन् ।
विद्युत प्राधिकरणले वैशाख ३१ गते उद्योगको बिजुली काटेको थियो । यसपछि महाप्रबन्धक नै भागेको भन्दै उद्योग कर्मचारी र स्थानीयले विरोध सुरु गरेका थिए । कर्मचारी र स्थानीय नै आन्दोलनमा उत्रिएपछि उद्योग मन्त्रालयले उर्जा मन्त्रालयलाई विद्युत सुरुका लागि प्राधिकरणलाई भनिदिन आग्रह गरेको थियो । प्रायः उद्योगमा हाजिर नै नहुने महाप्रबन्धक न्यौपानेले लामो समयदेखि बिजुलीको रकम नतिरेको विद्युत प्राधिकरणको भनाइ छ ।
उदयपुर सिमेन्टले बिद्युत् प्राधिकरणलाई ३६ करोड बक्यौता बुझाउन बाँकी छ । धेरै अगाडि देखिको बक्यौता बुझाउन पटक पटक पत्र पठाउँदा समेत उद्योगका महाप्रबन्धक न्यौपानेले वेवास्ता गर्दै आएका थिए । बिद्युत् काटिए पछि उदयपुर सिमेन्ट उद्योगको सञ्चालन नहुने अवस्थामा पुगेको थियो । नियमित उत्पादन बढाएर उद्योगलाई सक्षम बनाउनुपर्नेमा महाप्रबन्धक न्यौपानेले उद्योगलाई भ्रष्टाचारको स्रोत बनाएको कर्मचारीको भनाइ छ । अहिले बिजुलीको पैसा समेत तिर्न नसक्ने अवस्थामा महाप्रबन्धक न्यौपानेले उद्योगलाई पुर्याइएको कर्मचारीको भनाइ छ ।
उद्योग यति बेला २ अर्ब ९ करोड घाटामा छ । घाटाले आर्थिक भार परिरहेको बेला बत्तीसमेत काटिएको हो । उदयपुर सिमेन्ट उद्योगलाई एक साता अघि पत्र पठाएर भुक्तानी दिनका लागि अनुरोध गरे पनि उद्योगले भुक्तानी नदिए पछि गत आइतवारबाट बिजुली काटिएको थियो । अहिलेसम्म गरेर सिमेन्ट उद्योगले प्राधिकरणलाई बुझाउनु पर्ने करिब ३६ करोड बक्यौता छ । सो बक्यौता रकम भुक्तानी गर्नका लागि एक साताअघि चेतावनी दिँदै उद्योगलाई पत्र पठाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार