नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाल पक्राउ
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १७:४८:१८
४ जेठ, काठमाडौं । भुटानी शरणार्थीका नेता एवं प्रजातन्त्र सेनानी टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै सर्वसाधारणसँग करोडौं रूपैयाँ ठगी गरेको प्रकरणमा आरोपमा पक्राउ परेका सानुराम भण्डारी र सागर राईले पोलेपछि प्रहरीले सोधपुछका लागि भन्दै बोलाएर अहिले नियन्त्रणमा राखेको छ।
भुटानी प्रकरणको अनुसन्धानमा क्रममा रिजालको संलग्नता देखिएपछि सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर पक्राउ परेका दलालहरूले हाइ प्रोफाइल उच्च नेताहरुको दैनिक दशौं पटक नाम लिँदा पनि उनीहरूलाई पक्राउ गर्न अनिच्छुक देखिएको प्रहरीले नेता रिजाललाई भने दलालहरूको सामान्य पोल मै पक्राउ गरेर बहादुरी देखाएको भन्दै काठमाडौं प्रहरीको व्यापक आलोचना भइरहेको छ ।
उनलाई बिहीबार दिउँसो पक्राउ गरी महानगरीय काठमाडौं परिसर टेकुमा पुर्याइएको छ । रिजालसँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ।
रिजाल भुटानबाट नेपाल लखेटिएदेखि नै भुटानी शरणार्थीलाई भुटान फर्काउने अभियान चलाएर चर्चामा छन् । तर १ लाख १३ हजार ५ जना शरणार्थी अमेरिका र युरोपका विभिन्न मुलुकमा पुनर्वास भइसकेका छन् । झापा र मोरङमा गरी ६ हजार ३ सय ६५ मा बाँकी छन् ।
तिनै शरणार्थीको नाम भजाएर झापाकै केशव दुलालसहित गिरोहले तत्कालीन गृहमन्त्री, सल्लाहकार, सचिवसहितको मिलेमतोमा नेपाली नागरिकलाई शरणार्थीको नक्कली परिचयपत्र दिएर अमेरिका उडाउने प्रपञ्च साथ सर्वसाधारणबाट करोडौं रकम उठाएको घटना बाहिरिएपछि अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री, उपप्रधानमन्त्री, सरकारका बहालवाला सचिवसहित १६ जना पक्राउ परेका हुन् ।
प्रकरणमा संलग्नताका आरोपमा प्रहरीले आजै मात्र गृहमन्त्रालय मातहतको हज समितिका अध्यक्ष शमसेर मियाँलाई पनि पक्राउ गरेको हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
पोखरामा पर्यटकहरूलाई दुःख दिने पाँच जना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
चन्द्रपुरमा मोटरसाइकल चोरको बिगबिगी
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी कर्णेल पक्राउ
बैशाख २६, २०८१ बुधबार
सुहाङले आज सांसद पदको शपथ लिँदै
बैशाख २६, २०८१ बुधबार
केन्द्रीय कार्यकारिणीको बैठकपछि अदालत जाँदै जसपा नेपाल
बैशाख २६, २०८१ बुधबार
राजस्थानमाथि दिल्ली २० रनले विजयी
बैशाख २६, २०८१ बुधबार
वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ
बैशाख २६, २०८१ बुधबार
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार