स्वास्थ्यमन्त्री बस्नेत नेतृत्वको टोली आज जेनेभा जाँदै
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १४:३३:४९
५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत नेतृत्वमा ६ सदस्यीय टोली आज स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७६ औँ महासभामा भाग लिन आजै राति जेनेभा प्रस्थान गर्न लागेको जानकारी दिए ।
मन्त्री बस्नेतको नेतृत्वमा अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटासहित ६ सदस्यीय टोली सहभागी हुने छन् । सम्मेलन यही मे २१ देखि ३० सम्म चल्ने छ । दुई दिन सम्मेलनलाई सम्बोधन गरेर आफू स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्री बस्नेतले जानकारी दिए ।
मन्त्री बस्नेतका अनुसार संगठनको नीति निर्धारण गर्ने, वित्तीय नीतिहरूको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने महासभाका मुख्य एजेण्डा रहेका छन् ।
नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्र राष्ट्रका दाता तथा सम्बद्ध निकायहरूसँग भेटवार्ता गर्ने, नेपालको स्वास्थ्य क्षेत्रको विकास र विस्तार एवम् सुधारका आयामहरू बारे छलफल गर्ने मन्त्री बस्नेतको भनाइ छ ।
यसैगरी, मन्त्री बस्नेतले नेपालले विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकको उम्मेदवारी दिने हुँदा सो सम्बन्धी पनि पैरवी गर्ने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
जेठ ४, २०८१ शुक्रबार
लुबाट बच्न व्यापक जनचेतना जरुरी
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार