‘बाटो : रोड टु डेथ’ अंग्रेजी ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १२:३६:८
६ जेठ, काठमाडौं । फिल्म ‘बाटो : रोड टु डेथ’को अंग्रेजी ट्रेलर सार्वजनिक गरिएको छ । केही अगाडि सार्वजनिक नेपाली ट्रेलरको राम्रो चर्चापछि निर्माण युनिटले अंग्रेजी ट्रेलर ल्याएको हो । यो ट्रेलरमा पनि साइकोटिक कल्ट ग्याङलाई भयानक खलनायकको रुपमा देखाइएको छ । ट्रेलरमा फिल्म भित्रको कथा भने केही पनि खुलाइएको छैन । ट्रेलर हेर्दा निकै आकर्षक छ ।
साउथ इन्डियन (दक्षिण भारतिय) शैलीमै साउथकै टिमबाट निर्माण भएको नेपाली रोड थ्रिलर फिल्म ‘बाटो : रोड टु डेथ’ फष्टलुकले राम्रै चर्चा पाएको थियो । काठमाडाैं फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा चर्चित ब्यक्तित्व हुन् ।
भारतको चेन्नाइमा उत्कृष्ट प्राबिधिक कार्यभइरहेको फिल्म नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर छुट्टाछुट्टै ४ भाषामा तयार हुनेछ । फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ । फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झाँ काठमाडौं फिल्मका फाउन्डर समेत हुन् ।
काठमाडौंका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायांकन भएको फिल्मको रिलिज मिति अहिले सार्वजनिक गरिएको छैन । फिल्म डब्बी एटमस साउन्डमा तयार हुनेछ । डब्बी एटमस साउन्ड सिष्टममा नेपालमा पहिलो पटक फिल्म तयार हुन लागेको हो । फिलमको प्रदर्शन मिति छिट्टै सार्वजनिक हुने निर्माण युनिटले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार