जेठ मसान्तभित्र भैँसेपाटी सडकखण्डको काम सम्पन्न गर्न मन्त्री ज्वालाको निर्देशन
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १५:३९:१०
८ जेठ, काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ललितपुरको नख्खु–भैँसेपाटी–बुङमति अन्तर्गत भैसेपाटी आवास क्षेत्रको सडकखण्डको काम छिटो सम्पन्न निर्देशन दिदिएका छन् ।
सोमबार उक्त सडक खण्डको स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले जेठ मसान्तभित्र काम गर्ने प्रतिवद्धता ठेकेदार कम्पनीले गरेको भन्दै आफूले काम छिटो सम्पन्न निर्देशन दिएको जानकारी दिए। काम सम्पन्न गर्नेका लागि देखिने समस्याहरूलाई सरकारले समाधान गर्ने र ठेकेदार कम्पनीले पनि ढिला सुस्ती नगरि काम गर्नुपर्ने उनको भनाई छ ।
समयमा नै सडक निर्माणको काम सम्पन्न नभएको भन्दै भैँसेपाटीका स्थानीयबासीहरुले केही दिनअघि उक्त सडक खण्ड बन्द गरेर विरोध जनाएका थिए । मन्त्री ज्वालाले खानेपानी र सडकको काम अघि बढाउदा समन्वय नहुँदा सडक निर्माणमा ढिलाई भएकाले अब छिटो काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।
मन्त्री ज्वालाले समयमा नै आयोजना सम्पन्न गर्न मुलुकको विकासको मोडललाई पनि परिवर्तन गर्नुपर्ने अवस्था देखिएको भन्दै अन्तर मन्त्रालय समन्वयमा पनि ध्यान दिनुपर्ने अवस्था रहेको जिकिर गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
जेठ ३, २०८१ बिहिबार
म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो
जेठ ३, २०८१ बिहिबार
उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति बन्दैन : रास्वपा
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिट खारेज
जेठ ३, २०८१ बिहिबार
सभामुख पार्टीको इशारामा चल्यो : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
मुठभेडको अवस्थापछि प्रतिनिधि सभा बैठक स्थगित
जेठ ३, २०८१ बिहिबार