स्वीकृतिबिना चार पात्रो प्रकाशन, कारबाहीका लागि प्रतिवेदन गृहमा पेस गरिने
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १२:२०:२३
९ जेठ, काठमाडौं । चारवटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ चार पात्रो प्रकाशन भएको पाइएको हो । यस्तै दुई सयभन्दा बढी भित्तेपात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ ।
समितिले गठन गरेको अनुगमन उपसमितिको प्रारम्भिक अनुगमनबाट ती पात्रो र भित्तेपात्रो स्वीकृतिबिना प्रकाशन भएको पाइएको संयोजक मुरारी पाण्डेले जानकारी दिए । समितिबाट स्वीकृति नलिइ प्रकाशन भएका पात्रोमा ज्वाला पञ्चाङ्गम्, वैदिक पञ्चाङ्गम्लगायत रहेका छन् । प्रकाशन भएका पात्रो र भित्तेपात्रोको अनुगमन जारी रहेको उनले बताए ।
उपसमितिले प्रारम्भिक अनुगमन गरी त्यसको तथ्याङ्क संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका संस्कृति महाशाखा प्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिमा पेस गरिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । अनुगमन समितिले कानुनी कारबाहीका लागि प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्ने बताइएको छ ।
समितिसँग स्वीकृति लिएर १५ पात्रो र करिब एक हजार भित्तेपात्रो प्रकाशन भएका छन् । सही तिथिमिति र चाडपर्वको जानकारी लिन समितिले स्वीकृति दिएका पात्रो र भित्तेपात्रो मात्र प्रयोग गर्न समितिले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार