नक्कली शरणार्थी प्रकरणमा केरकार गरेर एमाले नेताको नाम लिन लगाइएको हो, हामी संलग्न छैनौँः ओली
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १६:४१:३६
९ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा समातिएकालाई करकापमा पारेर एमाले पार्टीका नेताहरूको नाम लिन लगाइएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भ्रातृ संगठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दवाव दिएर एमालेका नेताको नाम लिन लगाएर समातिएको बताए ।
उनले एउटा सञ्जालको प्रयोग र मिडियालाई प्रयोग गरेर विभिन्न कुराहरू बजारमा छरेर यसलाई स्थापित गर्न योजनाबद्ध प्रयास भएको करकापमा मानिसको नाम उच्चारण गर्न लगाएर एमालेलाई मुछ्न खोजेको बताए । उनले यसरी संलग्न नै नभएको एमालेलाई कसैले मुछ्न खोज्छ वा हिलो छ्याप्न खोज्छ भने एमालेलाई सह्य नहुने बताए । ओलीले आरोप लगाइदिए पछि सबै कुरा नसकिने बताए ।
अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले संलग्न नभएको दाबी गरे । नक्कली भुटानी शरणार्थी बनाउने विषयमा एकमुष्ट रूपमा एमाले संलग्न थिएन, छैन र हुने छैन भन्ने कुराको हेक्का राख्नुपर्ने बताए । भ्रष्टाचारको विषयमा एमाले संलग्न नहुने भन्दै ओलीले यदि कसैले एमालेभित्र रहेर यसको आदर्श, यसको मूल्य मान्यताविपरीत, यसको उद्देश्यलाई आघात पुग्ने गरी यस वा कुनै प्रकारको अनुचित, अनैतिक वा भ्रष्ट क्रियाकलाप गर्छ भने एमाले त्यस्तालाई कारबाही गर्न आफै अग्रसर हुने बताए ।
एमालेलाई भ्रष्टाचार प्यारो नलाग्ने भन्दै ओलीले भ्रष्टाचार देश, जनता, विकास, समाज र नैतिकता समाप्त पार्ने कुरा भएको बताए । भ्रष्टाचारले श्वास फेरे पनि मृत भइसकेको हुन्छ । आत्मा मरेको हुन्छ आत्मा मरेका बेइमानहरूको पार्टी होइन । त्यसकारण कुनै कुनै पनि कहीँ कतै दोषी हुन्छ साथ सहयोग दिन मात्रै होइन आफैं अग्रसर भएर पनि कारबाही गर्छ उनले भने ।
ओलीले देश राजनीतिक अप्ठ्यारो अवस्थामा रहेको बताए । सामाजिक र आर्थिक रूपमा संकटमा रहेको भन्दै कार्यकर्ताहरूलाई सचेत रहन आग्रह गरे । ’सरकार चलाउने खर्च पैसा छैन । बजेट कसरी ल्याउने रहेछ ? सरकार चलाउने सेवा दिने काम हुन्छ । सरकार चलाउने अवस्थामा छैन । कर्मचारीले तनखा नपाउने अवस्था के गर्छ ? भोकै बसेर काम गर्छ ? यसमा सिंगै देश चनाखो हुनुपर्ने अवस्थामा छ,’ उनले भने ।
सार्वजनिक संवादमा भाषाको स्तर खस्केको भन्दै ओलीले असन्तुष्टि जनाए । ’भाषा अन्ततः अशिष्ट, अमर्यादित, अभद्र र असामाजिक स्वीकार भाषा प्रयोग गरेर तब मात्रै आफ्नो कुरा सम्प्रेषण हुनसक्छ । गर्नै नसक्ने भएको छ । त्यस्तो घटिया र नराम्रो भाषा प्रयोग गरेर तल्लो स्तरको भाषा प्रयोग गरेर मात्रै आफ्नो कुरा सम्प्रेषण हुनसक्ने अब अश्लील बोलिन्छ वा कसैको अपमान गरिन्छ जबको कसैको विरुद्ध मर्यादाहीन ढंगले बोलिन्छ वा सामाजिक मूल्य र मान्यता विरुद्ध गएर बोलिन्छ,’ ओलीले भने ’हाम्रो सामाजिक प्रचलनहरु, भाषिक गहनताहरूलाई, महानतालाई क्षत विक्षत गर्ने तहमा बोलिन्छ । समाजले मूल्य मान्यता र संस्कृतिलाई कमजोर पार्दैछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआचारसंहिता उलंघन गरेका मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग
बैशाख १५, २०८१ शनिबार
इलाम २ मा खस्यो ५७ प्रतिशत मत, आजै गणना सुरु गर्ने तयारी
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन देखाएर सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न मिल्दैनः कांग्रेस
बैशाख १५, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
समुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !
बैशाख १५, २०८१ शनिबार
अमेरिकाले युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने घोषणा
बैशाख १५, २०८१ शनिबार
आचारसंहिता उलंघन गरेका मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग
बैशाख १५, २०८१ शनिबार
इलाम २ मा खस्यो ५७ प्रतिशत मत, आजै गणना सुरु गर्ने तयारी
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
पहिलो टी २० मा नेपालसँग वेष्ट इण्डिज ४ विकेटले पराजित
बैशाख १५, २०८१ शनिबार