अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार २३:२०:२६
१४ वैशाख, दाङ। दाङ जिल्ला अदालतका एक कर्मचारी विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जवरजस्ती करणी मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार पीडित महिलाले अदालतकै सरकारी क्वार्टरमा दिनदहाडै बलात्कार गरेको आरोप लगाउँदै अदालतका तहसिलदार निरञ्जन वावु पाण्डेमाथि जवरजस्ती करणी मुद्दा दर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तथा प्रवक्ता जनकबहादुर मल्लले पाण्डे विरुद्ध मुद्दा दर्ता भइसकेको पुष्टि गरे । उनले घटनाका आरोपी पाण्डेलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको बताए । साथै प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।
घोराही उपमहानगरपालिका– १७ की २८ वर्षीया ति महिलाले आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएपछि प्रहरी घटना अनुसन्धानमा जुटेको छ । आरोपी तहसिलदार पाण्डेको दाङ जिल्ला अदालतबाट सरुवा भइसकेको छ । यसअघि उजुरी दिने ति महिला अदालतकै कर्मचारीलाई बलात्कारको झुटो आरोप लगाएकोमा अदालतले तोके बमोजिम धरौटी रकम तिर्न नसकेपछि केही दिन जेल चलान भएकी थिइन।
अदालतका कर्मचारीले प्रहरीमा दिएको किटानी जाहेरीमा आफूसँग महिलाले अनुचित लाभ लिन खोजेको कुरा उल्लेख थियो। सम्बन्ध विच्छेद पछि अंश मुद्दाका लागि अदालत पुगेकी ती महिलाले अदालतका तहसिलदारले आफूलाई अदालतभित्रै कोठामा जबर्जस्ती बलात्कार गरेको आरोप लगाएको कर्मचारीको भनाई छ ।
तहसिलदारसँग २५ हजार रूपैयाँ माग गर्दै नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिएकी थिइन्। त्यसपछि आफू बाध्य भएर प्रहरीमा जानु परेको तहसिलदारले बताएका थिए।
प्रहरीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलले सोही ब्यहोरासहितको ती महिलाविरूद्ध मुद्दा चलाएको थियो। चैत ७ गते जिल्ला अदालतमा न्यायाधीश लोकबहादुर हमालको इजलासमा भएको सुनुवाइमा ती महिलालाई डेढ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
धरौटी बुझाउन नसकेपछि महिला कारागार चलान भएकी थिइन्। धरौटी तिरेर छुटेपछि महिलाले पाण्डे विरुद्ध जवरजस्ती करणीको जाहेरी लिएर प्रहरीमा पुगेकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ
बैशाख २६, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
पोखरामा पर्यटकहरूलाई दुःख दिने पाँच जना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम !
बैशाख २६, २०८१ बुधबार
सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
बैशाख २६, २०८१ बुधबार
बोक्से-सिगाना सडक: १० महिनापछि निर्माण कार्य सुरू
बैशाख २६, २०८१ बुधबार
बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने
बैशाख २६, २०८१ बुधबार
कोशीमा प्रतिपक्ष र सत्ता पक्षाको चापमा परे प्रदेश प्रमुख
बैशाख २६, २०८१ बुधबार