उखु किसानलाई भेटेपछि भट्टराईले भने, भुक्तानीका लागि प्रधानमन्त्रीसंग कुरा गर्छु
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १७:९:४१
१० जेठ, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उखु किसानको अनुदान बापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसंग कुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
बुधबार काठमाडौंको माइतिघरमा धर्नामा बसेका उखु किसानहरुसंगको भेटपछि भट्टराईले विश्वमा नै किसानहरुलाई अनुदान दिने प्रचलन रहेकोमा नेपालमा पनि सरकारले यसअघि नै घोषणा गरेको अनुदान वापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसंग कुरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।
आर्थिक बर्ष २०७१÷७२ मा सरकारले रु २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेपनि हालसम्म नपाएको भन्दै कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले धर्ना दिदै आएका छन् ।
भट्टराईले किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउदा बाहिरबाट आउने कृषिजन्य बस्तुसंग प्रतिष्पर्धा गर्न नसक्दा किसानहरु मारमा परेको बताए । उखु किसानलाई दिईने अनुदानमा भ्रष्टाचार हुनसक्ने देखिएको भन्दै यसमा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
उखु किसानहरुले सवै उखु किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि उपजको सरकारले निर्धारण गरेको न्युनतम समर्थन मुल्य अनिवार्य रुपमा पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार