दर्शकलाई फिल्म हुक्काको ‘वाच एण्ड वीन’ अफर
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १८:२९:४८
१० जेठ, काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ले रिलिजको छेकोमा पोखरास्थित अन्नपूर्ण केबल कार र उडी एडभेन्चर (Udi Adventure) सँग सहकार्य गर्दै दर्शकका लागि ‘वाच एण्ड वीन’ अफर ल्याएको छ । यो अफरमा खल्तीको डिजिटल टिकेटिङ सहकार्य छ ।
अफरअनुसार दर्शकले फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को प्रत्येक टिकट किन्दा अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो सुविधा नेपाल भरका दर्शकमा लागु हुने छ ।
त्यस्तै फिल्म हेर्न आउने दुईजनाले सेल्फीसँग फोटो हालेर '#nepalimoviehookah12' लेखेर फोटो अपलोड गर्ने ६ जनाले उडी एडभेन्चर साइक्लिङ, स्वीङ र जिपलाइन, अन्नपूर्ण केवलकारको निःशुल्क टिकट र पोखराको सेदीस्थित कल्चर रिसोर्टमा २ दिनको लजिङ र फुडिङको सुविधा पाउनेछन् । यसका लागि दर्शकले फिल्मको काटेको टिकट सुरक्षित राख्नुपर्नेछ ।
यो सुविधा असोज २८ गतेसम्म रहेको छ । शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगको अभिनय छ ।
सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पूजार सार्की' र 'फर्की फर्की' एक साथ रिलिज
जेठ १०, २०८१ बिहिबार
१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ असारमा हुने
जेठ १०, २०८१ बिहिबार
पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार