बयानमा आरोपीलाई पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुला
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १२:९:७
११ जेठ, काठमाडौं । सरकारी वकिलको कार्यालयले भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरूको बयानमा मुछिएकाहरुलाई पक्राउ गर्ने बाटो खोलिदिएको छ । अख्तियार प्रमुख प्रेमकुमार राई लगायतका व्यक्तिहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको हो ।
बुधबार साँझ सरकारी वकिल कार्यालयले प्रहरीलाई पत्राचार गर्दै सो बाटो खुला गरेको हो । बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा ३० जनाविरूद्ध मुद्दा दर्ता गरेपछि अन्यको हकमा पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको हो ।
सरकारी वकिलले बयानको क्रममा अभियुक्तहरूले बयानमा खुलाएका व्यक्तिहरूको हकमा पनि अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हो । ‘हामीले कुनै पनि व्यक्तिको नाम लिएर अनुसन्धान गर्नु भनेका छैनाैं । तर बयानको क्रममा आएका जति सबै व्यक्तिहरूमाथि थप अनुसन्धान गर्नु भनेका छौं,’ प्रमुख सरकारी वकिल एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने ।
प्रहरीको अनुसन्धानबाट अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्य, विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापित लगायतलाई अनुसन्धान गर्ने संभावना बढेको छ ।
सरकारी वकिलले यस प्रकरणमा ३० जनाविरूद्ध मुद्दा चलाउनुपर्ने उल्लेख गरेको छ। १६ जना पक्राउ परेका छन् भने बाँकीलाई फरार करार गरेको छ । प्रहरीले यी सबैलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने विषयमा सदनमा समेत कुरा उठिसकेको छ । जसले गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईलाई नैतिक संकट उत्पन्न भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलन देखाएर सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न मिल्दैनः कांग्रेस
बैशाख १५, २०८१ शनिबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इलाममा अहिलेसम्म ४९ हजार मत खस्यो
बैशाख १५, २०८१ शनिबार
सरकारका कारण संसदीय भूमिका कमजोर भयोः सभामुख
बैशाख १५, २०८१ शनिबार
होस गरौँ, एआईले लाखौंलाई बनाउँदैछ बेरोजगार
बैशाख १५, २०८१ शनिबार