लामै छ एमालेविरुद्ध संसदमा उठको पशुपतिनाथको जलहरी काण्ड
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १४:२७:१६
१२ जेठ, काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरीबारे शुक्रबारको प्रतिनिधिसभामा उठेको विषय नयाँ होइन । यसै विषयमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग लक्षित प्रश्न आएपछि एमालेले बैठक अवरुद्ध गरेको हो । ओली सरकारको समयमा पशुपतिनाथको मन्दिरको जलहरीमा सुन राखिएको थियो । तर, पुरै सुन नभएको विषयमा अनुसन्धान पनि भइरहेको छ ।
पशुपतिको शिवलिंगमा चढाइने अर्घ, जल तथा पञ्चामृत खस्ने भागमा लगाइने धातुको पाता नै जलहरी हो । शिवलिंगमा चढाइने सबै तरल पदार्थ जलहरीबाट ब्रहृमनालमा पुग्छ । यसअघि तामा र त्यसपछि चाँदीको जलहरी राखिएकोमा सुनको जलहरी राखिएको हो । जलहारी राख्ने काम नसकिँदै विवाद भएपछि हतार–हतार १२ फागुन २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लगेर क्षमापूजा गराइएको थियो ।
प्रधानमन्त्री भएपछि पशुपतिनाथमा पूजा गर्न जाँदा केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । सोही अनुसार सुनको जलहरी राखिएको हो । जलहरी राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजा गरेर फर्किएकी थिइन् । पशपति क्षेत्र विकास कोषले पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरेको थियो । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको भनिएको थियो ।
बनेको जलहरी, जलधारा, नाग, नाग मूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको कोषको भनाइ थियो । रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार भएको बताइएको थियो । तर, महालेखाले पनि जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि नभएको विवरण दिएको थियो ।
तत्कालीन प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न ३० करोड रूपैयाँ दिने घोषणा गरेका थिए । त्यही घोषणापछि पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी निर्माण गरेर पशुपतिनाथको मूर्तिमा राखेको थियो । जुन विषयमा ११ किलो सुन हिनामिना भएको कुरा आएको थियो । महालेखाले पशुपतिमा सुनको जलहरी राख्दा करोडौँ रुपैयाँ बराबरको सुन हराएको आशंका छ ।
महालेखा र अन्य तहबाट पनि सुनमा भ्रष्टाचार भएको भनिएपछि सुन खरिद गर्दाका मुचुल्कालगायत कागजात उपलब्ध गराउन पशुपति क्षेत्र विकास कोषलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्राचार गरेको थियो । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता भएको शंकामा अख्तियारले छानबिन सुरु गरेको थियो । अख्तियारले यसको निर्क्योल दिएको छैन । अहिले संसदमा यस विषयले प्रवेश पाएपछि एमाले पुनः हच्किएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
बालुवाटारमा कांग्रेस नेतालाई प्रधानमन्त्री प्रचण्डको निम्तो
जेठ ४, २०८१ शुक्रबार
आजको प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार