भ्रमणको पूर्व सन्ध्यामा भारतलाई अपराधी उपहार
नेपालबहस संवाददाता
जेठ १३, २०८० शनिबार १६:३:२९
१३ जेठ, काठमाडौं । नेपाल–भारतबीच सुपुर्दगी सन्धि नभए पनि नेपाल प्रहरी र भारतीय प्रहरीबीच आपराधिक व्यक्तिहरूको सट्याकसुटुक लेनदेन चलिरहन्छ । नेपाल प्रहरीले केही समय अघि एमाले सांसद लक्ष्मी महत्तो कोइरीलाई पक्राउ गरेर पनि उतै छाड्नु परे पनि नेपालले भने भारतीय अपराधीलाई पक्राउ गरेर बुझाइदिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमण अघि नेपाल प्रहरीले भारतको झारखण्डमा सक्रिय प्रतिबन्धित नक्सलवादी संगठन पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (पीएलएफआई) का प्रमुख दिनेश गोप खुन्तीलाई पक्राउ गरी गोप्य रुपमा भारतीय प्रहरीलाई बुझाई दिएको हो । विगत एक वर्षदेखि विराटनगरमा व्यापार गर्दै आएका खुन्तीलाई भारतीय प्रहरीको आग्रहमा पक्राउ गरी सीमा क्षेत्रबाट भारतीय प्रहरीलाई जिम्मा लगाएको भारतीय सञ्चार माध्यमले महत्वका साथ प्रचार गरिरहेका छन् ।
दुई दिन यता भारतीय सञ्चारमाध्यमहरू इन्डिया पोस्टको अंग्रेजी संस्करण र इस्ट कोस्ट दैनिकले खुन्तीलाई पक्राउ गरेको विषयलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । नेपाल प्रहरीको विशेष व्यूरोले डेढ दशकदेखि भूमिगत रहेका खुन्तीलाई विराटनगरमा पञ्जाबी ढाबा सञ्चालन गरेर बसेको अवस्थामा पक्राउ गरी भारतलाई हस्तान्तरण गरेको हो । ‘विराटनगरमा रहेछ, भारतले माग्यो हामीले पठाइदियौँ, अपराधीहरू आदानप्रदान गर्ने सिलसिलामा उनलाई पक्राउ गरी पठाइदिएको हो’, विशेष व्यूरो स्रोतले भन्यो ।
गोप खुन्ती जिल्ला झार खण्ड निवासी वरिष्ठ नक्सलवादी नेता हुन । उनी डेढ दशकदेखि भूमिगत भएपछि भारतीय प्रहरीले खोजी गर्दै आएको थियो । उनलाई भारत सरकारले ‘मोस्ट वान्टेड’ को सूचीमा राखेको थियो । सरकारले उनको टाउकाको मूल्य ३० लाख भारू तोकेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गर्न सहयोग गरेको हो । भारत सरकारले उनी विरुद्ध आपराधिक कार्यमा संलग्न भएको आरोपमा एक सयभन्दा बढी मुद्दा दर्ता गरिसकेको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ ।
भारतीय सुरक्षाकर्मीले गोपलाई विगत १५ वर्षदेखि खोजिरहेको थियो । गोपलाई पक्राउपछि दिल्लीको ‘स्पेसल ब्युरो’लाई हस्तान्तरण गरिएको नेपाल प्रहरीको विशेष व्यूरो स्रोतले जनाएको छ । यो विषयमा नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले अनभिज्ञता प्रकट गरेका छन् । मैले पनि विभिन्न सञ्चारमाध्यमबाट यस्तो खबर थाह पाए, नेपाल प्रहरीले पक्राउ गरेको भए त मलाई थाह हुनुपर्थ्यो ? यस्तो समाचार गलत हो जस्तो लागेको छ’, प्रहरी प्रवक्ता कडायतले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार