घोराही सिमेन्टको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार ११:१०:५४
१४ जेठ, काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आईपीओ शुक्रबार बाँडफाँट गरेको छ । कम्पनीले रितपूर्वक आवेदन दिएका सबै आवेदकहरूलाई कुल ६ लाख ६ हजार ३५० कित्ता शेयर बाँडफाँट गरिएको जानकारी गराएको छ । यद्यपि, यसले वैदेशिक रोजगारीमा रहेकालाई वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म कुल ७ लाख ५४ हजार ६६१ कित्ता शेयर बिक्री खुला गरेको थियो ।
यसआधारमा जारी भएकोमध्ये १ लाख ४८ हजार ३११ कित्ता शेयर बिक्री भएको छैन । बिक्री नभएको उक्त शेयर अब सर्वसाधारणलाई थप गरी निष्काशन हुनेछ । वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धक हिमालयन क्यापिटल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङको वेबसाइटबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । यस्तै, सीडीएस एन्ड क्लियरिङले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिनेछ ।
यता, आयोजना प्रभावित स्थानीयका लागि भने हाल आईपीओ खुला रहेको छ । स्थानीयले ३ लाख ९७ हजार १९० कित्ता आईपीओका लागि जेठ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । घोराहीले फेस भ्याल्यू १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँको दरले आईपीओ जारी गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार