प्रदर्शनकारी र प्रहरीबीच झडपका कारण विराटनगर तनावग्रस्त
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १४:५४:२४
१४ जेठ, काठमाडौं । कोशी प्रदेशको राजधानी विराटनगर तनावग्रष्त बनेको छ । कोशी नाम खारेजीको माग गर्दै आइतबार बिहानैदेखि आन्दोलनका उत्रिएका पहिचानवादी आन्दोलनकारी र प्रहरीबीच भएको झडपका कारण अहिले विराटनगरका मुख्य चोक र बजार रणमैदान बनेको छ ।
प्रदेशसभाबो बैठक आज बस्दैछ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र तोडेर बैठक हलतर्फ अगाडि बढेपछि प्रहरीले बल प्रयोग गरेको छ । भीड तितरवितर पार्न प्रहरीले दर्जनौं संख्यामा अश्रु ग्यास प्रहार गरेका छन् । पानीको फोहोरा समेत हानेका छन् ।
प्रदर्शनकारीलाई प्रहरीतर्फ ढुंगामुढा गरेका छन् । झडपमा केही संख्यामा प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । प्रहरीले ३ दर्जभन्दा बढी संख्यामा अन्दोलनकारीलाई गिरफ्तार गरेको छ ।
गएको पुषमा प्रदेशसभामा रहेका एमाले, कांग्रेस माओवादी केन्द्रका प्रदेशसभाका बहुमत सदस्यहरुले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्षधरहरुले पहिचानको आधारमा नाम राख्नुपर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
आन्दोलनका क्रममा गत फागुनमा प्रहरीको दमनबाट आन्दोलनकारी पदमबहादुर लिम्बूको ज्यान गएको थियो । उनलाई सरकारले शहीद घोषणा गरिसकेको छ ।
प्रदेशमा नाम पहिचानका आधारमा नामाकरण नभएसम्म आन्दोलन नरोकिने उनीहरुले बताएका छन् । पछिल्लो समयमा माओवादी केन्द्रले नामकरण परिवर्तनबारे ‘सोच्न’ सकिने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने
बैशाख २३, २०८१ आइतबार
मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै यथावत
बैशाख २४, २०८१ सोमबार
टाइटानिक फेम अभिनेता बर्नार्ड हिलको निधन
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
माटोको चुलो बनाउँदै विष्णुकुमारी
बैशाख २४, २०८१ सोमबार
ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख २४, २०८१ सोमबार
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुलाई छलफलमा बोलाए
बैशाख २४, २०८१ सोमबार