छैठौं ग्लोबल नेपाली फिल्म अवार्ड अगष्ट १२ मा न्यूयोर्कको क्विन्स शहरमा हुने
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १३:४३:३०
१५ जेठ, काठमाडौं । नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैठौं संस्करण अमेरिकाको न्यूयोर्कमा अगष्ट १२ तारिखमा हुने तय भएको छ। चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको र यस बर्षको अवार्ड कार्यक्रम न्यूयोर्क क्विन्स शहरको मेलरोज बलरुममा हुने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले बताएका छन् ।
एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्योरेन्स कम्पनिको सह(प्रायोजनमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको छैठौं संस्करणको होस्ट अर्गनाइजर ड्रिम्स युनिभर्सल एलएलसि न्यूयोर्क रहने भएको छ भने आयोजकको रुपमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एल एल सीले संयुक्त रूपमा छैठौं ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गर्ने अवार्डका संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रिय अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन्। अवार्डका अघिल्ला पांच संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए।
अवार्ड आयोजनाको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रवर्द्धन गर्नु रहेको आयोजक संस्थाड्रिम्स युनिभर्सल एलएलसि न्यूयोर्कका अध्यक्ष सैलेश श्रेष्ठले बताए।‘नेपाललाई फिल्म टुरिजमको हब बनाउन अवार्डले भूमिका खेल्नेछ’, उनले भने।
नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रूपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको समेत चलचित्र निर्देशक ८८४८ मिडिया हाउस एल एल सीका अध्यक्ष नारायण पुरी बताउछन।
‘यो अवार्डको उद्देश्य विदेशमा नेपाली चलचित्रको प्रबर्धन गर्नु हो। नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि हो । अमेरिकामा नेपालबाट धेरै कलाकारहरु पुगेका छन्, उनीहरुसँग पूर्नमिलन गर्नु पनि अवार्डको उद्देश्य हो । संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरुलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाइ संसारभर परिचित गराउने उदेश्य रहेको अर्का आयोजक संस्था गोल्डेन स्टेट मुभी मेकरका अध्यक्ष यज्ञ श्रेष्ठले बताए।
अवार्डको लागि चलचित्र छनौट समिति गठन भइसकेको र चलचित्र छनौट धमाधम भईरहेको छ भने नेपालबाट अवार्ड कार्यक्रममा सहभागी हुने कलाकार तथा समावेश हुने चलचित्रहरूको जानकारी केही दिनमा प्रेस बिज्ञप्ति मार्फत गरिने अवार्डका प्रेस संयोजक सुर्य चन्दले जानकारी गराएका छन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार