मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै पानी आउने गरी स्थायित्व दिइने
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १८:५७:५५
१५ जेठ, काठमाडौं । सरकारले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना नै पानी उपलब्ध गराउने गरी स्थायित्व दिइने बजेट वक्तव्यमा उल्लेख गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आव २०८०÷८१ को बजेट वक्तव्यमा सबैलाई गुणस्तरीय खानेपानी, एक घर, एक धाराको सेवा दिइने उल्लेख गरिएको छ । सरकारले आगामी आवमा खानेपानी र सरसफाइका लागि रु २८ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ ।
मेलम्चीको आयोजनाको दोस्रो चरणका रूपमा याङ्री र लार्के खोलाबाट पानी ल्याउन पनि आगामी आवदेखि नै काम सुरु गरिने भएको छ । तीनवटै नदीबाट १७÷१७ करोड लिटर गरी दैनिक ५१ करोड लिटर पानी राजधानी ल्याउन काम भइरहेको छ ।
राजधानीका खानेपानी समस्या समाधानका लागि मकवानपुरको सिस्नेरी र ललितपुरको महादेवखोलाबाट अस्थायीरूपमा खानेपानीको व्यवस्था गर्न पनि बजेट विनियोजन गरिएको छ । काठमाडौँको डाँछीलगायत खानेपानी आयोजनालाई सम्पन्न गर्न रु दुई अर्ब बजेट विनियोजन गरिएको छ ।
पानीको सतह, भूमिगत स्रोत संरक्षण, ढुङ्गेधारालगायत परम्परागत पानीका स्रोतको संरक्षण गर्ने कामलाई पनि सरकारले प्राथमिकतासाथ बजेट विनियोजन गरिएको छ । फोहर पानी व्यवस्थापनलाई पनि सरकारले निरन्तरता दिएको छ । धोबीघाट र गोकर्णमा निर्माण भइरहेको फोहर पानी प्रशोधन केन्द्र सम्पन्न गरी सञ्चालनमा ल्याइने भएको छ ।
आगामी आवमा एक सय स्थानीय तहको सरसफाइ गुरुयोजना बनाइने भएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायत निकायको क्षमता वृद्धिका लागि पनि सरकारले प्राथमिकतासाथ काम गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट: एमालेका भण्डारी ६०८ मतले अगाडि
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा सुहाङलाई १००१ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
वर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव छैन : नेता कोइराला
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट : एमालेको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
इलाम २ मा एमालेका सुहाङको अग्रता फराकिलो बन्दै, ७८० मतान्तरले अगाडि
बैशाख १६, २०८१ आइतबार
‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा
बैशाख १६, २०८१ आइतबार