सहमति र सम्झौतालाई अन्तिम रूप दिन नेपाली टोली भारत जाँदै
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १०:२२:३८
१६ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच छलफलको एजेन्डा तय गर्न नेपाली टोली आज भारत जाँदैछ । प्रधानमन्त्री प्रचण्डको चार दिने औपचारिक भ्रमणको पूर्वसन्ध्यामा दिल्लीमा नेपाल र भारतका अधिकारीहरूबीच द्विपक्षीय एजेन्डामा छलफल हुँदै छ ।
परराष्ट्र मन्त्रालयमा दक्षिण एसिया डिभिजन प्रमुख रामप्रसाद सुवेदीको नेतृत्वमा सरोकारवाला मन्त्रालयका सहसचिवहरूको टोलीले मंगलबार साँझ र बुधबार बिहान भारतीय टोलीसँग छलफल गर्नेछ । नेपाली टोलीमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा तथा वाणिज्य, ऊर्जा मन्त्रालयका सहसचिवहरू रहनेछन् ।
मंगलबार साँझ दुई देशबीच ऊर्जा, वाणिज्य र व्यापारलगायतका एजेन्डामा छलफल गर्न नेपालको टोली दिल्ली जाने भएको हो । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच छलफलको एजेन्डा तय गर्न दुई देशका कूटनीतिक अधिकारीहरूबीच छलफल हुनेटछ । दुई देशका अधिकारीहरूबीच मुख्यतया कनेक्टिभिटी, विकास साझेदारी र जलविद्युत् विकासबारे छलफल हुने बताइएको छ ।
नेपालले भारतसँग मागेको हवाई रुट, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह, वीरगन्जको एकीकृत जाँच चौकी (आइसीपी) उद्घाटन, भारतीय सहयोगमा क्रिकेट रंगशाला निर्माण, पानीजहाज, कृषिलगायतका विषयमा पनि छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार