सरकारले बजेटमा हाकाहाकी ढाँटेकाे महावीर पुनकाे तर्क, भने- ‘सरकार धेरै बाठो नभए हुन्छ, हिसाब सच्याउँ’
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १२:१६:२५
१६ जेठ, काठमाडौं । वैज्ञानिक महावीर पुनले सरकारले सोमबार घोषणा गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्याएको बजेटप्रति आक्रोश पोखेका छन् । बजेटमा सरकारले ढाँटछल गरेर बाठो बन्न खोजेको भन्दै आक्रोश पोखेका छन् ।
पुनले आफूहरुसँग आन्दोलनका बेला सरकारले गरेको सम्झौताको उल्र्लघन भएको बताएका छन् । यही आवको बजेटमा सरकारले ल्याउने पूँजीगत खर्चको१ प्रतिशत रकम नवप्रवर्तन र आविष्कारमा छुट्याउने सम्झौता भएपनि सरकारले एक अर्ब मात्र छुट्याएर बाठो बन्न खोजेका बताएका छन् । सरकारले बजेटमा पुँजीगत खर्च ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ छुट्याएको छ । त्यसको १ प्रतिशत भनेको ३ अर्ब २ करोड ७० लाख हुन आउने पुनको भनाइँ छ ।
‘यसमा कसरी १ अर्ब रुपैयाँ मात्र निकालियो ? यसरी हाकाहाकी ढाँट्ने काम नगरौँ । सरकार धेरै बाठो नभए हुन्छ’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘ठूलो मूल्य चुकाउनुपर्ला, हिसाब सच्याउँ ।’ सरकारले जनतालाई कुनै काम गर्छु भनेर गरेको वाचालाई बंग्याएको उनको तर्क छ । वाचा पूरा नगरेर सरकारले आफूलाई पुर्ने खाल्डो आफैंले खन्नु सरह हुने भनेका छन् ।
‘कुनैपनि नेता, सरकार, अभियन्ता र समाजसेवीले जनतालाई कुनै काम पक्कै गर्नेछु भनेर गरेको बाचालाई पुरा नगर्नु वा बंग्याउनु भनेको उसले आफुलाई पुर्ने खाल्टो आफैले खन्नु हो । गल्ति सच्याउनु होस्’ उनले मंगलबार सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
पुनले बैशाखको मन्तिम साता युवा वैज्ञानिक तथा अभियन्ताको साथ लिएर आगामी बजेटमा पुँजीगत खर्चको एक प्रतिशत बजेट आविष्कारको क्षेत्रमा छुट्याउन माग गर्दै माइतीघर मण्डलामा २४ सै घण्टा आन्दोलन गरेका थिए । आन्दोलनको चौथो दिन प्रधानमन्त्रीकै निर्देशनमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खडका नेतृत्वको सरकारी टोलीले माग पूरा गर्ने वाचासहित ६ बुँदे सम्झौता गरेका थिए । सम्झौतापछि आन्दोलन रोकिएको थियो ।
सरकारले छुट्याएको १ अर्ब बजेट अनुसन्धान, नवपूर्वतन र आविष्कार क्षेत्रमा कानून बनाएर खर्च गर्ने भनिएको छ । पुनले आफ्नै पहलमा कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्र संचालन गर्दै आइरहेका छन् । केन्द्रका लागि विदेशमा रहेका नेपाली र गैरनेपालीहरुले आवश्यक सामाग्रीको न्युनतम परिमाण उप्लब्ध गराउँदै आइरहेको पुनले बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटीहानी आगलागी पिडितका लागि विशेष राहतको माग
बैशाख २१, २०८१ शुक्रबार
डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार