कोशीमा भोलिदेखि गर्ने भनिएको आमहडताल फिर्ता
गिरफ्तार भएका सबै रिहा, आन्दोलन शान्तिपूर्ण बनाउने सहमति
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १७:२७:४
१६ जेठ, विराटनगर । आन्दोलनका क्रममा आइतबार गिरफ्तार गरिएका सबै आन्दोलनकारीलाई मोरङ प्रहरीले रिहा गरेको छ । गिरफ्तार भएका ८६ जनामध्ये २६ जना नेता तथा कार्यकर्तालाई मुद्दा चलाउने तयारी गरेका आज आन्दोलनकारी र प्रशासनबीच सहमति बनेपछि उनीहरुलाई रिहा गरिएको हो ।
आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा आन्दोलनकारीले आन्दोलन शान्तिपूर्ण बनाउने र सुरक्षाकर्मीले दमन नगर्ने विषयमा सहमति भएको छ । सहमति भएसँगै आन्दोलनकारीले भोलि बिहीबारबाट कोशी प्रदेशमा अनिश्चितकालीन आमहडताल (बन्द) गर्ने भनिएको घोषित कार्यक्रम फिताए लिएका छन् । बन्द फिर्ता लिएपछि प्रदर्शन जारी रहने आन्दोलनका अगुवा अर्जुन जम्नेली राईले बताए । माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनको भनाइ छ ।
आइतबार प्रदेश सांसदहरुलाई बैठकमा सहभागी हुन नदिन भन्दै बिहानैदेखि भएको आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीच दिनभरजसो झडप चलेको थियो । झडपमा आन्दोलनकारी र प्रहरी दुवै पक्षका धेरै घाइते भएका थिए ।
गएको फागुनमा प्रदेशसभाको बहुमत प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर समूदायले निरन्तर प्रदर्शन गर्न आइरहेका छन् । उनीहरुले कोशी नाम खारेज गरी पहिचानको आभारमा नामाकरण गर्नुपर्ने मागलाई मुख्य रुपमा अगाडि सार्दै आएका छन् ।
आन्दोनलका क्रममा गएको फागुनमा आन्दोलनकारी पदमबहादुर लिम्बूको ज्यान गएको थियो । उनलाई सरकारले शहीद घोषणा गरिसकेको छ । पहिचान पक्षधर आन्दोलनकारीले सरकारी कार्यालयहरुमा कोशी लेखिएका लेटरप्याड, साइनबोर्ड, स्ट्याम्प लगायत सामाग्री हटाउने र जलाउने कार्यलाई निरन्तरता दिँदै आएका छन् । प्रदेश सांसद, मन्त्री, मुख्यमन्त्रीलाई समेत आक्रमणको निशानामा पार्दै आएका छन् ।
प्रदेशसभामा आइतबारदेखि बजेट अधिवेशन चलिरहेको छ । अधिवेशन अन्तर्गत बैठकमा सांसदहरुले आन्दोनलकारीहरुसँग तत्काल वार्ता गर्न कोशी सरकारसँग माग गरेका थिए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार