सन्दीप लामिछानेलाई क्रिकेट खेल्न दक्षिण अफ्रिका नपठाइने
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १८:२७:२५
१६ जेठ, काठमाडौं । एकदिवसीय विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा गरिने अभ्यास खेलमा नेपाल टिममा सन्दीप लामिछानेलाई नपठाउने भएको छ । नेपाली टिम वातानुकुलित तयारी गर्न मंगलबार राति साढे २ बजे दक्षिण अफ्रिका प्रस्थान गर्नेछ । नेपाली टिमले दक्षिण अफ्रिकामा रहँदा स्थानीय टिमहरुसँग चारवटा अभ्यास खेल खेल्नेछ । नेपाली टिम उतैबाट जिम्बाबे प्रस्थान गर्नेछ । विश्वकप छनोट खेल ३ असारदेखि सुरु हुनेछ । पहिलो खेल जिम्बाबेसँग हुने भएको छ ।
नाबालिका बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा खेपिरहेका लामिछानेलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा समावेश गर्न नसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । उनीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको तयारी चलिरहेको छ । आज हुने भनिएको अन्तिम सुनुवाइ न्यायाधीश शंकरबहादुर राईले पीडितले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै मुद्दाको सुनुवाइ रोकेका छन् ।
अदालतको प्रक्रिया नटुंगिएसम्म नेपाल टिमबाट सन्दीपको वैदेशिक भ्रमण निश्चित नभएको क्यानको तर्क छ । विश्वकप छनोटका लागि प्रशिक्षक मोन्टी देशाईले घोषणा गरेको १६ सदस्यीय टिममा सन्दीप पनि छन् ।
यसअघि सर्वोच्च अदालतले सन्दीपलाई विदेशमा हुने खेलमा सहभागी भएर स्वदेश फिर्ता भएको १५ दिनभित्र अदालतमा जानकारी गराउन आदेश दिएको थियो । सो आदेशका आधारमा उनी गएको फागुनमा यूएईमा गएर नेपालको तर्फबाट क्रिकेट खेलेका थिए ।
तर अहिले हुन लागेको अभ्यास खेलमा सहभागी गराउँदा अदालतको फैसला आउन सक्ने देखिएपछि रोकिएको बताइन्छ । यसअघि बैशाखमा घरेलु मैदान कीर्तिपुरमा भएको छनौट खेल हुँदा विभिन्न मुलुकका खेलाडीहरुले सन्दीपसँग हात नमिलाई अभियुक्तकै व्यवहार गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
ललितपुर मेयरर्स कपको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम भिड्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
वैदेशिक रोजगारीमा भएको ठगिलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार