चैते दशैँ र नयाँ वर्षको प्रभाव पोखरादेखि मुस्ताङसम्म
इन्द्र रिजाल
चैत २७, २०७५ बुधबार १८:४१:९
वासुदेव पौडेलरनिरज थकाली
पोखरा । नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै गर्दा यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुस्ताङसम्म परेको छ ।
विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्म नै चहलपहल बढाएको हो ।
विशेषतः चैतको अन्तिमतिर दुई÷चार दिन बिदा समय मिलाएर पोखरा घुम्नकै लागि देशका विभिन्न भूभागबाट आन्तरिक पर्यटक आउने गरेको पर्यटन व्यवसायी एवं होटल एशियाका सञ्चालक धर्मराज पन्थीले बताए । नजिकिँदै गरेको नयाँ वर्षलाई लक्षित गरी पोखरामा होटल अग्रिम बुकिङ गर्ने क्रम पनि शुरु भएको उहाँले जानकारी दिए ।
पोखरा आउने पर्यटक प्रेमप्रकाश मल्लको ‘माछापुच्छ«े फेवातालमा पौडी खेल्दोरैछ, पोखरा त साँच्चिको नै पोखरा पो रैछ’ गीतमा भने जस्तै माछापुच्छ«ेले डुबुल्की मारेको फेवातालसहित यहाँका विभिन्न रमणीय दृश्य नियाल्न लालायित बन्ने गरेका छन् ।
पोखरा हुँदै हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथलाई लक्षित गरी जाने पर्यटकका कारण यतिखेर उक्त क्षेत्रमा पनि चहलपहल बढेको छ । चैते दशैँ शुरु भएयता मुक्तिनाथ मन्दिरमा दैनिक झण्डै चार पाँच हजारको हाराहारीमा दर्शनार्थी पुग्ने गरेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
दर्शनार्थीको चापसँगै यहाँका होटेल भरिभराउ भएको स्थानीय समाजसेवी एवं होटल ग्राण्ड साम्बाला रानीपौवा बजार, मुक्तिनाथका सञ्चालक सुरज गुरुङले जानकारी दिए । “यतिखेर दैनिक झण्डै एक हजारदेखि एक हजार ५०० जनासम्म दर्शनार्थी रानीपौवा बजारका होटलमा बस्ने गरेका छन्”, उनले भने “धार्मिक पर्यटकका साथै अन्य पर्यटकसमेतले यतिखेर यहाँको चहलपहल बढाएको छ ।”
पर्यटकहरू पोखराबाट हवाई यातायातका साथै स्थलमार्गबाट गाडी चढेर मुस्ताङ पुग्दछन् । मुस्ताङ पुग्ने पर्यटकमध्ये कतिपय मुक्तिनाथ मात्र पुगेर फर्कन्छन् भने कतिपय उपल्लो मुस्ताङ लोमन्थाङ हुँदै नेपाल–चीनबीचको नाका कोराला पुगेर फर्कन्छन् ।
पछिल्ला दिनमा स्थलमार्ग हुँदै दैनिक १५० बढी गाडी मुक्तिनाथ भित्रने गरेको अस्थायी ट्राफिक प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक विष्णु पल्ली मगरले जानकारी दिए । आन्तरिक पर्यटकका कारण जोमसोमका होटेलमा पर्यटक भरिए पछि त्यहाँ नजिकैको थकाली सामुदायिक घरवास, ठिनीमा पनि चहलपहल बढेको घरवासकी सचिव जुमा थकालीले जानकारी दिए ।
उनका अनुसार जोमसोमबाट जम्मा दुई किलोमिटर दूरीमा रहेको ठिनीमा यस अघि पाँच घरमा घरवास कार्यक्रम चलाइएकोमा बढ्दो पर्यटकको आगमनसँगै हाल १४ घरमा सञ्चालन भएको छ । पोखरामा नयाँ वर्षका क्रममा आउने पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटेल सङ्घले फेवा नयाँ वर्ष महोत्सव गर्दै आएको छ ।
महोत्सव समेतका कारणले पनि यस समयमा यहाँको पर्यटकीय गतिविधि बढ्ने गरेको छ । फेवा नव वर्ष महोत्सवको १६औँ श्रृङ्खला यस वर्ष पनि यही चैत २९ गतेबाट वैशाख १ गतेसम्म हुने सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।
तालैतालको शहर पोखरामा पर्यटक लक्षित दुई पाँचतारे होटेल छन् भने १४ तीनतारे होटेल छन् । पोखरामा अन्य सुविधा सम्पन्न होटलको सङ्ख्या झण्डै ६०० रहेको छ । पोखरामा सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले यहाँको पर्यटकीय गतिविधि बढेकोमा सन् १९८० को दशकदेखि यहाँको पर्यटनले गति लिएको हो ।
पोखराको सुन्दरतालाई विभिन्न गीतमा चित्रण गर्ने क्रममा मिलन लामा र विमाकुमारी दुराको ‘माझी दाइ पोखरा फेवातालको, लाम माया साँच्चैको, नलाम भो ख्यालख्यालको’ गीतमा भने जस्तै पोखरा नवविवाहित जोडी एवं प्रेमी प्रेमिकाका लागि पनि उत्तिकै आकर्षक गन्तव्य बन्दै गरेको छ ।
पोखरामा माछापुच्छे« हिमालको छायाँ देखिने फेवातालका साथै यहाँका सराङकोट, विश्वशान्ति स्तूप, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, सेती नदी र पातले छाँगो आदिले पर्यटक लोभ्याउने गरेका छन् ।
यी स्थलका साथै लेखनाथ क्षेत्रका वेगनास, रूपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता ताल पनि यहाँका महत्वपूर्ण स्थल हुन् । पछिल्ला समयमा पोखरा आसपासका विभिन्न स्थानमा पर्यटकको बसाइ लम्ब्याउने गरी पूर्वाधार निर्माण गरिएको छ ।
पोखरामा पर्यटकको बसाइ लम्ब्याउने सोचका साथ यहाँ नजिकैको पुम्दीकोटमा विशाल महादेवको मूर्तिसहितका संरचना बनाइँदै छ भने काहुँ डाँडामा बुद्ध मण्डला निर्माणको योजना अघि सारिएको छ ।
पोखरा बजार सहित यहाँका ताल र हिमाली दृश्यलाई एक साथ अवलोकन गर्न सकिने भरतपोखरीको हुडिकोट लगायतका स्थानको प्रवद्र्धनमा पनि यतिखेर स्थानीय तह क्रियाशील बनेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार