काजाकिस्तान इजरायलमा धार्मिक सम्मेलन आयोजना गर्दै
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १३:५०:५५
१७ जेठ, एजेन्सी । काजाकिस्तान गणतन्त्रले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ । मध्य एसियाली देशका साथै विश्वका विभिन्न मुलुकका परम्परागत धर्मका नेताले सम्मेलनमा भाग लिनेछन् ।
काजाकिस्तानमा विगत दुई दशकदेखि प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको अन्तरधार्मिक मञ्चको सम्मेलन यसपटक इजरायलमा आयोजना गर्ने निर्णय भएको हो । सम्मेलनमा इजरायलका प्रमुख रब्बीहरू, इजरायलका मुसलमान, ड्रुज र बहाई समुदायका प्रतिनिधि, प्रमुख राजनीतिक र शैक्षिक अधिकारीसहित धेरै धार्मिक नेताले भाग लिने अपेक्षा गरिएको छ ।
इजरायल र साइप्रसका लागि काजाकिस्तानका राजदूत सतिबाल्डी बुर्साकोभका अनुसार काजाकस्तानको सिनेटका अध्यक्ष मौलेन असिमबाएभले सम्मेलनको प्रमुख वक्ताका रूपमा भागलिने तथा त्यसले विश्व शान्ति तथा वर्तमान चुनौतीको सामना गर्न एकताबद्ध हुन आह्वान गर्नेछ ।
विश्वभरका धार्मिक नेताहरूको सामूहिक प्रयासबाट विभिन्न राष्ट्र र समुदायबीचको मनोमालिन्य अन्त्य गर्न तथा आपसी विश्वास, सहकार्य र साझेदारीलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
सन् १९९२ मा सोभियत सङ्घको पतनपछि स्वतन्त्र भएको मध्य एसियाली देश काजाकिस्तानले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको हो । सन् २०१६ मा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले काजाकिस्तानको भ्रमण गरेका थिए । पूर्वसोभियत गणतन्त्रमा इजरायली प्रधानमन्त्रीको त्यो पहिलो भ्रमण थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
भारतले अर्को चुनावी गर्मीको सामना गर्ने मौसम विभागको चेतावनी
जेठ ४, २०८१ शुक्रबार
भारतमा चट्याङ पर्दा १२ जनाको मृत्यु
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार