एलन मस्क फेरी भए बिश्वको धनी व्यक्ति
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १०:४१:४५
१८ जेठ, न्युयोर्क । एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै बिश्वकै सबैभन्दा धनी ब्यक्ति बनेका हुन ।
पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढदा उही समयमा बर्नार्ड अर्नाल्ट पेरिस ट्रेडिङको को शेयर २।७ प्रतिशतले घट्न पुगेको थियो । जुन घटाईले मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सुचीमा फर्काएको हो ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स यस वर्ष शीर्ष स्थानको लागि दुवै बिचमा प्रतिस्पर्धा चल्दै आएको जनाएको छ । जसअनुसार कहिले एलोन मस्क र कहिले बर्नार्ड अर्नाल्ट शीर्ष स्थानमा रहदैँ थिए। तर, यो वर्ष लामो समयसम्म बर्नार्ड अर्नाल्ट नै विश्व कै धनी व्यक्ति बन्दा मस्क भने दोस्रो स्थानमा झरिरहेका थिए ।
अर्नाल्ट ७४ वर्ष पुरानो फ्रान्सेली बिलासिताका समानका व्यापारी हुन, जो सन् २०२२ को डिसेम्बरमा मस्कलाई पछि पार्दै पहिलो पटक विश्वकै धनी व्यक्ति बनेका थिए । अर्नाल्टले एलभीएएच नामक कम्पनि छ, जसका विश्व प्रसिद्ध लुइस भिटन, फेन्डी र हेनेसी लगायतका महंगो फेसनका ब्रान्डहरू उत्पादन हुन्छन् ।
ब्लूमबर्ग समाचार एजेन्सीका अनुसार चीनको महत्त्वपूर्ण बजारमा सुस्त आर्थिक वृद्धिका बीच विलासिता समानको खपत घटन पुगेको छ। जसकाकारणा उनको अप्रिलदेखि करिब १० प्रतिशतले सेयर घटन पुगेको थियो ।
अर्नाल्टको कुल सम्पत्तिबाट एकै दिनमा ११ अर्ब डलरको नोक्सान भएको थियो। अहिले बुधबारसम्म उनको कुल सम्पत्तिमा ५ अर्ब २५ करोड डलरको नोक्सानी भएको छ । अहिले बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर छ तर पनि यो वर्ष मात्रै उनको सम्पत्ति २४।५ अर्ब डलरले बढन पुगेको छ ।
पुनस् विश्वकै धनी व्यक्ति बनेका एलोन मस्कको सम्पत्ति भने १९२ अर्ब डलर पुगेको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बुधवार एलोन मस्कको कुल सम्पत्ति १।९८ बिलियन डलरले बढेको हो । साथै, यो वर्ष उनको कुल सम्पत्तिमा पनि ५५।३ अर्ब डलरले बृद्धी भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध
जेठ ३, २०८१ बिहिबार
एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत
जेठ ३, २०८१ बिहिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार
बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार