नेपाल र मलेसिया २–२ को बराबरीमा
नेपालबहस संवाददाता
जेठ २०, २०८० शनिबार १३:७:२४
२० जेठ, काठमाडौं । पाँच खेलको महिला टी–२० क्रिकेटको चौथो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । जितका लागि नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेटाएको हो ।
शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटको जित दर्ता गरेको हो । जितसँगै मलेसियाले पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ । नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
मलेसियाका लागि विनिफ्रेड दुराईसिंघमले ५२ बलमा ३८ रन बनाईन् । महिराह इज्जाती इस्माइलले २६ बलमा १६ रन बनाउँदा कप्तान मास इल्साले १८ बलमा १३ रन बनाइन् । नेपालका लागि कप्तान रुविना क्षेत्री, कविता कुँवर, कविता जोशी र सीता रानामगरले समान १÷१ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको हो । पाहुना टोली नेपालका लागि इन्दु बर्माले ३१ बलमा ३ चौकाको सहयोगमा ३२ रन बनाइन् ।
सुरुआत राम्रो हुन नसकेको नेपालले पावर प्लेमा १३ रन बनाउँदा २ महत्वपूर्ण विकेट गुमाएको थियो । इन्दु बर्मा र बिन्दु रावलले छैटौं विकेटका लागि ३५ रनको साझेदारी गरेसँगै नेपाल सम्मानजनक योगफलतर्फ गएको थियो । बिन्दु रावलले २६ बलमा २४ रन बनाईन् । सातौं विकेटका लागि रावलले कविता कुवँरसँग १८ रनको साझेदारी गरिन् ।
कविता १२ रनमा अविजित रहिन् । कविता, रावल र बर्मा बाहेक अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । घरेलु टोलीका लागि विनिफ्रेड दुराईसिंघमले ३ तथा एसा इलिसा र महिराह इज्जाती इस्माइलले समान १÷१ विकेट लिए ।
पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल २–१ को अग्रतामा छ । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गरेको थियो । मलेसियासँग २१ गते नेपालले पाँचौं तथा अन्तिम खेल खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
ललितपुर मेयरर्स कपको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम भिड्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार